Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

काभ्रेको पाँचखालमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा

Citizenlife ad 2082 falgun to baishak 2083

काभ्रे । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बागमती प्रदेश काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नः ४, तामाघाट स्थित नयाँ शाखा कार्यालय विस्तार गरेको छ । पाँचखाल शाखा विस्तार गरी सोमबारबाट कारोबार शुभारम्भ गरेको बैंकले जनाएको छ ।

योसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८८ पुगेको बैंकले जानकारी दिएको छ ।

हाल बैंकको ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २८८ शाखा कार्यालय, ३०५ एटिएम, ९९ वटा शाखारहित बैंकिङ सेवा, ७१ वटा एक्स्टेन्सन काउण्टर, क्युआर कोड सेवा, पोइन्ट अफ सेल (पिओएस) सेवा, डेबिट एण्ड क्रेडिट कार्ड, कनेक्ट आइपीएस्, स्मार्ट क्युआर टेलर (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ (डिजिटल संसार) तथा विना ईन्टरनेट चल्ने युइस्एस्डी मोवाईल बैंकिङका सेवाहरु समेत सञ्चालनमा रहेका छन् ।

Health Tips Ad Road Block