काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले नेपालमा रियलमी १२ प्रो प्लस चाँडै ल्याउने भएको छ । आकर्षक डिजाईन तथा अत्याधुनिक प्रविधिको साथ ग्राहकहरुको मन जित्दै रियलमी १२ प्रो प्लसले नेपालको स्मार्टफोन बजारमा नयाँ आयाम ल्याउने रियलमीले अपेक्षा रहेको छ ।
रियलमी १२ प्रो प्लस मा ६.७ ईन्चको सुपर एमोलेड डिस्प्ले तथा फुल एचडी रिजोलुसन रहेको छ जसले प्रयोगकर्ताहरुलाई रङ्गिन तथा सार्प कन्ट्रास्ट स्क्रिनको अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । । फोनसँगको हरेक अन्तरक्रियालाई रमाइलो बनाउनको लागि रियलमी १२ प्रो प्लस मा १२० हटर््जको रिफ्रेस रेट राखिएको कम्पनले बताएको छ ।
कम्पनीका अनुसार क्वाल्कम स्न्याप ड्रयागन ७ एस जेन २ प्रोसेसर तथा ४ एनएम अक्टा सीपीयूमा चल्ने रियलमी १२ प्रो प्लस मा धेरै एपहरु चलाउँदा पनि एकदमै छिटो काम गर्दछ । यो फोनमा १२ जिबीको ¥यामसँग ५१२ जिबीको आन्तरिक स्टोरेज दिइएको छ जुन आवश्यकताअनुसार २४ जिबीसम्म बढाउन पनि सकिन्छ ।
यस्तै फोटोग्राफी तथा भिडियो निर्माणमा चाख राख्नेहरुको लागि रियलमी १२ प्रो प्लसको क्यामरा अति उपयोगी हुने कम्पनीको भनाइ रहेको छ । ६४ मेगापिक्सेलको पेरिस्कोप क्यामेरा, ओम्नि भिजन ओभि ६४ बी सेन्सर र ओआईएस, अत्याधिक सफा फोटोको लागि ५० मेगापिक्सेलको सोनि आईएमएक्स ८९० ओआईएस क्यामरा, ८ मेगापिक्सेलको ११२ डिग्रीको वाइड एङ्गल क्यामरा र ३२ मेगापिक्सेलकाृ सोनि आईएमएक्स ६१५ सेल्फी क्यामरा जस्ता अत्याधुनिक सुविधाहरु रियलमी १२ प्रोप्लसमा उपलब्ध छ । यी अत्याधुनिक क्यामराहरुले प्रयोगकर्तालाई अटो जुम, सुपर नाईटस्केप, स्टारी मोड प्रो तथाफोर के भिडियो रेकर्डिङ्ग जस्ता फिचरहरु प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार ६७ वाटको सुपर भोक सुपर फास्ट चार्जीङ्ग युक्त ५,००० एमएएच्को ब्याट्रीले गर्दा रियलमी १२ प्रो प्लसका प्रयोगकर्ताहरुले थोरै समय चार्ज गरेरै धेरै समयसम्म फोन चलाउन सक्नेछन् । यो फोनको खरिदमा ६७ वाटको सुपरभोक चार्जिङ्ग एडप्टर तथा यूएसबी टाईप–सी केबल निःशूल्क पाईन्छ । नेपालमा रियलमी १२ प्रो प्लस को १२ जिबी ¥याम र २५६ जिबी स्टोरेजको भेरियन्ट उपलब्ध हुने कम्पनीको भनाइ रहेको छ ।