Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

घाटाको बजेट नयाँ पपुलिष्ट कार्यक्रमसहित आउने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा घटेको बजेट अहिले खर्बाैंले बढाएर ल्याउने तयारी गरेको छ । आर्थिक वर्ष २०८०÷०८१ का लागि डा. रामशरण महतले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट विनियोजन गरेका थिए । योजना आयोगले आगामी आवमा सरकारलाई १८ खर्ब रुपैयाँको सिलिङ तोकिदिएको छ। यसमा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय दलको बैठकमा १९ खर्बको बजेट ल्याउने ‘ब्रिफिङ’ गरेका थिए।

प्रधानमन्त्रीकै चाहनापछि अर्थमन्त्री वर्षमान पुनलाई स्रोत अभावका बीच ठूलो बजेट ल्याउने दबाब रहेको छ। यति हुँदाहुँदै पनि अर्थमन्त्री पुनले योजना आयोगको सिलिङअनुसार नै बजेट ल्याइने दाबी गरेका छन्।

आइतबार नेपाली काँग्रेसको अबरोधका बीच पनि सरकारको नीति तथा कार्यक्रम पारित भएपछि संसदबाहिर संचारकर्मीसँगको कुराकानीमा मन्त्री पुनले योजना आयोगले दिएको १८ खर्बको बजेट सिलिङभित्र रहेर बजेट निर्माण भइरहेको बताएका थिए । बजेटमा नयाँ कार्यक्रमसँगै अहिलेकै कार्यक्रमलाई निरन्तरता दिन बजेटको आकार बढाउनुपर्ने दबाब रहेको हो । अर्थ मन्त्रालयले कमजोर आर्थिक गतिविधि रहेको अहिलेको अवस्थालाई चलायमान बनाउने गरी बजेट ल्याउने उल्लेख गरेको छ।

हुलाकी राजमार्ग, निर्माणाधीन मध्यपहाडी राजमार्ग र ठूलो स्रोत लगानी गरेर निर्माण गरिएको कर्णाली करिडोर आसपास क्षेत्रमा नयाँ आर्थिक केन्द्र, कृषि उत्पादनको पकेड क्षेत्र र नयाँ पर्यटकीय गन्तव्य बनाउने गरी बजेट ल्याउने सरकारी तयारी छ । अधिकाँश पपुलिष्ट कार्यक्रम आउने विज्ञहरुको भनाइ छ । किनकि सरकारको नीति तथा कार्यक्रम त्यस्तै रहेको छ ।

ठूलो आकारको बजेट आउँदा अर्थ मन्त्रालयलाई स्रोत अभावको पूर्ति गर्न आयातित विलासी वस्तुमा करका दर बढाउने विज्ञहरुको अनुमान छ ।

Health Tips Ad Road Block