काठमाडों । नेपाल टेलिकमले गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा आफ्ना ग्राहकहरुका लागि रिपश्लिक डे अफर सार्वजनिक गरेको छ । आज १४ देखि प्रारम्भ भई जेठ १६ सम्म लागु हुने अफर टेलिकमले सार्वजनिक गरेको हो ।
टुलिकमका अनुसार यस अन्तर्गत रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध हुनेछ ।
त्यसैगरी डाटा प्याकेज अन्तर्गत रु. १११ मा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, रु. १९९ मा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा, रु. २९९ मा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र रु. ३९९ मा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुने टेलिकमले जनाएको छ ।
यही अफर अन्तर्गत रु. ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुनेछ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध रहने टेलिकमले जनाएको छ ।
ग्राहकहरुले डायल गरी यी प्याकेज खरिद गर्नसक्ने टेलिकमले जनाएको छ ।