skip this News Page Tips Ad Road Block

बाढीले बगाएको सिन्धुली राजमार्गको ४३ प्रतिशत पुनःनिर्माण सक्कियो

Citizenlife ad 2082 falgun to baishak 2083

सिन्धुली । २०८१ साल असोज १२ र १३ गतेको अविरल वर्षापछि रोशी खोलामा आएको विनाशकारी बाढीले क्षतिग्रस्त बनाएको विपी राजमार्गको सिन्धुली खण्ड पुनर्निर्माण कार्य ४३ प्रतिशत सक्किएको छ ।

सडक डिभिजन कार्यालय खाल्टेका अनुसार सिन्धुलीको नेपालथोकदेखि बर्खे खोलासम्म करिब पाँच किलोमिटर सडक पुनर्निर्माणको काम सम्पन्न भएको छ । त्यतिबेला बाढीले विपी राजमार्गका विभिन्न भाग कटान गरी बगाएको थियो ।

सडक डिभिजन कार्यालयका अनुसार सिन्धुलीतर्फ बर्खाको समयमा सवारी आवागमन रोक्न नपर्ने गरी निर्माण कार्य भइरहेको छ ।

जोखिमयुक्त क्षेत्रमा मजबुत संरचना निर्माण गरिएकाले आगामी वर्षायाममा पनि सडक सुरक्षित रहने विश्वास गरिएको छ ।

Health Tips Ad Road Block