skip this News Page Tips Ad Road Block

मधेशका विभिन्न जिल्लामा सञ्चालनमा रहेका विकास आयोजनाहरूको मन्त्रीद्धारा स्थलगत निरीक्षण

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनील लम्साल, पूर्वी मधेशका विभिन्न जिल्लामा सञ्चालनमा रहेका विकास आयोजनाहरूको स्थलगत निरीक्षणमा रहेका छन् ।

मन्त्री लम्साल नेतृत्वको टोलीले काँकडभिट्टा–लौकही सडक आयोजनाका तीनवटा खण्ड, सप्तरीको कञ्चनपुरदेखि सिराहाको कमलासम्म पूर्व–पश्चिम राजमार्गअन्तर्गत करिब ८७ किलोमिटर सडकलाई चार लेनमा स्तरोन्नति गर्ने कार्यको प्रगति तथा विगत १२ वर्षदेखि अलपत्र अवस्थामा रहेको हुलाकी राजमार्गअन्तर्गतको कमला–कञ्चनपुर पुलको अवलोकन गरेको छ।

भ्रमणका क्रममा एशियाली विकास बैंक र विश्व बैंकको लगानीमा सञ्चालित विभिन्न पूर्वाधार परियोजनाहरूको समेत निरीक्षण गरिएको छ।

आयोजनाहरू निर्धारित समयमै सम्पन्न गर्न मन्त्रालयले आवश्यक सहजीकरण, समन्वय तथा प्रभावकारी अनुगमनलाई उच्च प्राथमिकताका साथ अघि बढाएको छ ।

Health Tips Ad Road Block