skip this News Page Tips Ad Road Block

यूनाइटेड अजोड इन्स्योरेन्सले बोनस शेयर दिने, एक्सेल डेभलपमेन्ट बैंकले भने केही पनि नदिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले शेयरधनीलाई बोनस शेयर दिने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिले आव २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी रु.२ अर्व ३१ करोडको ४.२८५७ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । त्यसैगरी कम्पनीले बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि ०.२२५६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ ।

यता एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले शेयरधनीलई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

बैंकको संचालक समितिको ३४५ औं बैठकले आव २०८१/०८२ सम्मको वितरणयोग्य मुनाफाबाट कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

Health Tips Ad Road Block