skip this News Page Tips Ad Road Block

सर्वसाधारणका लागि माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको आईपीओ निष्काशन !

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सर्वसाधारणका लागि माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आज असार ३ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको छ ।

कम्पनीले १४ करोड २७ लाख ६० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख २७ हजार ६०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यस आईपीओको निष्काशन बन्द छिटोमा असार ८ गते र ढिलोमा असार १७ गते हुनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सिआस्बा प्रणालीमार्फत आईपीओमा आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी पनि यस आईपीओमा आवेदन दिन सकिनेछ ।

Health Tips Ad Road Block