skip this News Page Tips Ad Road Block

अर्थमन्त्रीको आरोपः प्रतिनिधि सभा अवरोध गरेर बजेट र मबारे संगठितरुपमा बदनाम गर्न खोजियो !

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आफू विरुद्ध संगठित रुपमा अफवाह फैलाइएको बताउनु भएको छ ।

बुधबार प्रतिनिधि सभाको अर्थ समितिमा बजेटबारे आयोजित छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘बजेट छलफल गर्नुपर्ने प्रतिनिधि सभामा अवरोध गरेर म विरुद्ध संगठित रुपमा अफवाह फैलाइएको छ,’ अर्थमन्त्री डा.वाग्लेले भने, ‘म त्यसको जवाफ दिन पनि संसदीय समितिमा आएँ ।’

अहिले समिति बैठक जारी छ । अर्थमन्त्रीले आफ्नो धारणा राखिरहेका छन् ।

Health Tips Ad Road Block