skip this News Page Tips Ad Road Block

मोबाइल बैंकिङमार्फत एक महिनामा ७ खर्ब ९७ अर्ब ७६ करोडको कारोबार

काठमाडौं । मोबाइल बैंकिङमार्फत एक महिनामा ७ खर्ब ९७ अर्ब ७६ करोड रुपैयाँको कारोबार भएको छ । यो जेठ महिनाको तथ्याँक हो ।

राष्ट्र बैंकले दिएको तथ्याँकअनुसार मोबाइल बैंकिङअन्तर्गत ७ करोड ७३ लाख कारोबारमार्फत रु.५ खर्ब ९७ अर्ब ७६ करोड कारोबार भएको छ ।

साथै क्यु–आर कोड भुक्तानीअन्तर्गत ६ करोड ३६ लाख कारोबारमार्फत रु.१ खर्ब ६३ अर्ब १३ करोड कारोबार भएको छ ।

त्यस्तै २०८३ जेठ महिनामा डेबिट कार्ड प्रयोगकर्ताहरूले १ करोड कारोबारमार्फत रु.७५ अर्ब ६६ करोड बराबरको कारोबार गरेका छन् ।

Health Tips Ad Road Block