काठमाडाैं । नेपालको लजिस्टिक्स उद्योग पछिल्ला केही वर्षयता तीव्र गतिमा विस्तार भइरहेको छ। ई-कमर्स, डिजिटल व्यापार तथा छिटो र भरपर्दो डेलिभरी सेवाप्रतिको बढ्दो मागसँग यस क्षेत्रमा नयाँ लगानी र पूर्वाधार विकास पनि उल्लेखनीय रूपमा बढेको छ। यही परिवर्तन बीच उपाय ले पछिल्लो एक वर्षमा हासिल गरेको व्यावसायिक विस्तारले सबैको ध्यान आकर्षित गरेको छ।
सन् २०२० मा स्थापना भएको उपायले प्रविधिमा आधारित लजिस्टिक्स सेवामार्फत नेपालभरका व्यवसाय, अनलाइन विक्रेता, ई-कमर्स, उद्योग तथा उपभोक्तालाई जोड्ने उद्देश्यका साथ आफ्नो यात्रा सुरु गरेको थियो। केही वर्षमै कम्पनीले देशव्यापी वितरण सञ्जाल निर्माण गर्दै नेपालको प्रमुख लजिस्टिक्स सेवा प्रदायक मध्येको भरपर्दो सेवा प्रदाएकको रुपमा आफूलाई उभ्याउन सफल भएको छ ।
एक वर्षमै उल्लेखनीय उपलब्धि
कम्पनीका अनुसार चालु आर्थिक वर्ष उपायका लागि विस्तार र वृद्धिको वर्ष बनेको छ। कर्मचारी संख्या, शाखा विस्तार, वितरण संजाल, दैनिक डेलिभरी क्षमता, राजस्वमा योगदान तथा पूर्वाधार विकास जस्ता सबै क्षेत्रमा उल्लेखनीय प्रगति भएको कम्पनीले जनाएको छ।
गत आर्थिक वर्षसम्म करिब ३८० कर्मचारी रहेको कम्पनीमा अहिले १,५०० भन्दा बढी कर्मचारी कार्यरत छन्। प्रत्यक्ष रोजगारीसँग हजारों डेलिभरी पार्टनर, स्थानीयवासीलाई रोजगारी, ट्रान्सपोर्ट साझेदार तथा अन्य सेवा प्रदायकमार्फत अप्रत्यक्ष ५,००० भन्दा अधिक रोजगारी पनि सिर्जना भएको कम्पनीको भनाइ छ।
त्यस्तै ४० शाखाबाट विस्तार हुँदै ४०० भन्दा बढी शाखा तथा सेवा केन्द्र सञ्चालनमा आएका छन् । हाल कम्पनीको सेवा नेपालको सबै जिल्ला तथा ५,००० भन्दा बढी वितरण स्थलमा पुगेको छ।
दैनिक डेलिभरी क्षमता पनि उल्लेखनीय रूपमा बढेको छ। केही वर्षअघि दैनिक करिब १,००० पार्सल वितरण गर्ने कम्पनीले अहिले औसत १५,००० पार्सल प्रति दिन वितरण गरिरहेको जनाएको छ।
कारोवारमा उल्लेख्य वृद्धि
सञ्चालन विस्तारसँग कम्पनीको वित्तीय प्रदर्शनमा पनि सकारात्मक सुधार आएको छ। उपायनो अनुसार चालु आर्थिक वर्षमा रूम्पनीले करिब ५४ प्रतिशत कारोबार रकममा वृद्धि हासिल गरेको छ।
कम्पनीका अनुसार यो वृद्धि ढुवानी सेवामा भएको वृद्धि, देशव्यापी शाखा विस्तार, नयाँ व्यावसायिक ग्राहक, Fulfillment सेवाको विस्तार, बढ्दो ई-कमर्स बजार तथा दनिक पार्सल भोल्युममा भएको वृद्धिका कारण सम्भव भएको हो।
साँगामा निर्माण हुँदै आफ्नै नेपालकै पहिलो 3PL वेयरहाउस
उपाय वेयरहाउजिङ्ङ्गले हाल काभ्रेको साँगामा १८ रोपनी भन्दा धेरै आफ्नै जग्गामा करिब ४५,००० वर्गफुट क्षेत्रफलमा अत्याधुनिक 3PL (Third-Party Logistics) Warehouse निर्माणलाई तीव्र गतिमा अघि बढाइरहेको जनाएको छ।
कम्पनीका अनुसार वेयरहाउसको कुल भण्डारण क्षमता करिब १,२४०,००० वर्गफुट बराबर भन्दा अधिक हुनेछ। यस परियोजना आगामी ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
वेयरहाउस सञ्चालनमा आएपछि Storage, Inventory Management, Pick & Pack, Fulfillment तथा Nationwide Distribution जस्ता एकीकृत 3PL सेवाहरू एउट स्थानबाट उपलब्ध गराइने कम्पनीले जनाएको छ।
साथ कम्पनीले काठमाडाैंको पेप्सीकोलास्थित करिब १८,००० वर्गफुट 3PL वेयरहाउसबाट हाल सेवा सञ्चालन गर्दै आएको छ । नयाँ पूर्वाधारले बढ्दो व्यावसायिक मागलाई सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। यो वेयरहाउस लजिष्टिक क्षेत्रको विकासका लागि एक कोशेढुङ्गा साबित हुने कम्पनीले जनाएको छ ।
“पूर्वाधार र जनशक्तिमा लगानी हाम्रो दीर्घकालीन रणनीति हो”
उपायको Fulfillment division का President संगम पौडेलका अनुसार कम्पनीले तत्कालीन बजार आवश्यकता मात्र नभई भविष्यको लजिस्टिक्स उद्योगलाई ध्यानमा राखेर लगानी गरिरहेको जनाएका छन् ।”नेपालमा व्यवसाय गर्ने तरिका तीव्र रूपमा परिवर्तन भइरहेको छ। त्यही परिवर्तनसंग लजिस्टिक्स पनि आधुनिक हुन आवश्यक छ। हामीले निर्माण गरिरहेको 3PL Warehouse ले नेपात्री व्यवसायहरुलाई अझ प्रभावकारी, व्यवस्थित र स्केलेबल लजिस्टिक्स समाधान उपलब्ध गराउने विश्वास लिएका छौं।”
उनका अनुसार कम्पनीको लक्ष्य केवल पार्सल डेलिभरी सेवा प्रदान गर्नु मात्र नभई सम्पूर्ण Supply Chain लाई अझ प्रभावकारी बनाई गुणस्तरीय सेवा प्रदान गर्नु हो।
रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान
उपायको विस्तारसँग रोजगारी सिर्जनामा पनि उल्लेखनीय योगदान पुगेको कम्पनीले जनाएको छ। कम्पनीको AVP-Human Resources राजु के. सी. का अनुसार पछिल्लो एक वर्षमा कर्मचारी संख्या चार गुणाभन्दा बढी बढ्नुले नेपालको श्रम बजारमा पनि सकारात्मक प्रभाव परेको छ। “हामी कर्मचारी संख्या मात्र बढाइरहेका छना, दक्ष जनशक्ति पनि निर्माण गरिरहेका छौं। नियमित तालिम, सुरक्षित कार्य वातावरण, करियर विकास र कर्मचारी कल्याणलाई प्राथमिकतामा राखेर उपाय लाई दीर्घकालीन रोजगारीको उत्कृष्ट कार्यस्थल बनाउने हाम्रो लक्ष्य हो।”
डिजिटल व्यापारको विश्वसनीय साझेदार
हाल उपायले ई-कमर्स कम्पनी, साना तथा मझौला व्यवसाय, उत्पादन उद्योग, हाईड्रो पावर प्रोजेक्ट, रिटेल ब्रान्ड लगाएत लाई End-to-End Logistics Solution उपलब्ध गराउँदै आएको जनाएको छ। Seller Portal, Real-Time Tracking, Proof of Delivery (POD), Fulfillment Service, Air Cargo. Integration cargo service, Nationwide Distribution Network तथा Enterprise Logistics Solutions जस्ता सेवामार्फत कम्पनीले डिजिटल व्यापारलाई थप सहज बनाइरहेको जनाएको छ।
आगामी लक्ष्य
उपायले आगामी वर्षहरुमा देशव्यापी नेटवर्क विस्तार, थप नयाँ 3PL Warehousing Facilities, Fulfillment Services तथा Al मा आधारित प्रविधि सहितको आधुनिक लजिस्टिक्स पूर्वाधारमा थप लगानी गर्ने योजना सार्वजनिक गरेको छ। President – Fulfillment संगम पौडेलका अनुसार, “हाम्रो उद्देश्य केवल कम्पनीको वृद्धि होइन, नेपालको सम्पूर्ण लजिस्टिक्स इकोसिस्टमलाई नयाँ स्तरमा पुयाउनु हो। पूर्वाधार, प्रविधि, जनशक्ति र सेवाको गुणस्तरमा निरन्तर लगानी गर्दै हामी नेपाली व्यवसायहरुको दीर्घकालीन विकासका लागि विश्वसनीय साझेदार बन्न प्रतिबद्ध छौं।”
कर्मचारी संख्या, शाखा विस्तार, कारोबारमा वृद्धि, दैनिक पार्सल व्यवस्थापन क्षमतामा वृद्धि तथा नयाँ 3PL वेयरहाउस निर्माणजस्ता उपलब्धिले उपायले पछिल्लो एक वर्षमा उल्लेखनीय व्यावसायिक विस्तार हासिल गरेको कम्पनीको दाबी छ। उद्योग विश्लेषकहरुका अनुसार नेपालको लजिस्टिक्स बजार तीव्र रुपमा विस्तार भइरहेका बेला यस्ता पूर्वाधारमा गरिएको लगानीले भविष्यमा उपायको प्रतिस्पर्धात्मक क्षमता अझ सबल बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

















