skip this News Page Tips Ad Road Block

सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण

काठमाडौ। । प्रविधिको भविष्यलाई नजिकबाट अनुभव गराउने उद्देश्यले आयोजना गरिएको सनवे इनोभेसन फेस्टमा कृत्रिम वुद्धिमता (एआई) तथा रोबोटिक्समा सहभागीहरुको चासो बढेको छ । विद्यार्थी, प्रविधिप्रेमी, अनुसन्धानकर्ता तथा उद्योग क्षेत्रका विज्ञहरुलाई एउटै मञ्चमा ल्याउने लक्ष्यका साथ काठमाडौंमा आयोजित कार्यक्रममा एआई प्रविधि, रोबोटिक्स तथा ड्रोनमा अवलोकनकर्ताको भिड लागेको थियो । कार्यक्रममा सहभागीहरूले अत्याधुनिक रोबोट र ड्रोन प्रविधिलाई प्रत्यक्ष रुपमा अवलोकन गर्नुका साथै त्यसको प्रयोगात्मक अभ्यास समेत गरेका थिए ।

इनोभेसन फेस्टमा कृत्रिम बौद्धिमता (एआई), रोबोटिक्स, ड्रोन प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा करिअर विकासका विविध पक्षलाई एउटै प्लेटफर्ममा समेटिएकाले एकैथलोबाट सभागिहरुले लाभ लिएको सनवे कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले जानकारी दिए ।

सहभागीहरूले अत्याधुनिक प्रविधिको प्रत्यक्ष अनुभव लिनुका साथै विभिन्न कार्यशाला, छलफल, प्रतियोगिता तथा प्रदर्शनीमा सहभागिता जनाएका थिए ।

सनवेले सूचना प्रविधिका विज्ञहरुको सहयोगमा नेपाल बार एशोसिएसन अन्तर्गतका कानुन व्यवसायी तथा आर्थिक महिला पत्रकार संघ अन्तर्गतका पत्रकार महिलाहरुलाई एआई प्रविधि र यसको उपयोगबारे प्रशिक्षण दिएको थियो । ‘एआई इन जर्नालिजम’ तथा ‘फिजिकल एआई’ विषयमा आयोजित छलफलमा सञ्चार, प्रविधि तथा अनुसन्धान क्षेत्रका विज्ञहरूले एआईले पत्रकारिता, कानुन, उद्योग तथा दैनिक जीवनमा ल्याइरहेको परिवर्तनबारे आफ्ना अनुभव आदानप्रदान गरेका थिए ।

सो अवसरमा सहभागीहरुले आधुनिक एआई उपकरणको प्रयोग गर्दै छिटो, प्रभावकारी तथा सिर्जनात्मक रुपमा सफ्टवेयर विकास गर्ने सीप सिक्ने अवसर पाएको अध्यक्ष श्रेष्ठको भनाई छ ।

सनवे इनोभेसन फेस्टले कृत्रिम बौद्धिकता (एआई), रोबोटिक्स, ड्रोन प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा करिअर विकासका विविध पक्षलाई एउटै प्लेटफर्ममा समेटेको थियो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डे लगायतले अवको युग सूचना प्रविधिको युग भएकाले सोही अनुसारको नीति, लगानी र खोज अनुसन्धान गर्नुपर्ने बताएका थिए ।

विद्यार्थीहरुको सिर्जनशीलता र अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘स्टुडेन्ट इनोभेसन शोकेस’ आयोजना गरिएको थियो । विद्यार्थीले बनाएका विभिन्न सिर्जनशील कार्य तथा एप्सहरुलाई उत्कृष्टताका आधारमा पुरस्कार र समान्न गरिएको थियो ।

यसले विद्यार्थीहरुलाई आफ्ना अनुसन्धान र परियोजनालाई उद्योग, विज्ञ तथा अन्य सहभागीमाझ प्रस्तुत गर्ने अवसर प्रदान गरेको सनवे कलेजका प्रिन्सिपल कुशल रेग्मीले बताए ।

सनवे इनोभेशन फेस्टमा विद्यार्थी तथा युवा जनशक्तिको करिअर विकासलाई लक्षित गर्दै करिअर काउन्सिलिङ र मक इन्टरभ्यु सक्रसमेत सञ्चालन गरिएको थियो । कार्यत्रमका सहभागीहरूले उद्योगका विशेषज्ञहरुसाग प्रत्यक्ष संवाद गर्दै रोजगारीका अवसर, अन्तर्वार्ता तयारी तथा करिअर विकास सम्बन्धी उपयोगी सुझाव प्राप्त गर्ने अवसर पाएका थिए ।

Health Tips Ad Road Block