Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सरकारी तथा निजी अस्पतालको अनुगमन सरकारको उच्च प्राथमिकतामा, फार्मेसीमा पनि अनुगमन गर्ने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । स्वास्थ्य क्षेत्रमा सुशासन र जवाफदेहिता कायम गर्ने बलियो अठोटका साथ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले डा. रोशन न्यौपानेको नेतृत्वमा विशेष टोली परिचालन गरी सरकारी तथा निजी अस्पतालहरूको दैनिक अनुगमनलाई उच्च प्राथमिकताका साथ तीव्रता दिएको छ। यसै अभियान अन्तर्गत, पूर्वजानकारी विना गत हप्ता कान्ति बाल अस्पताल र केही दिन अघि अल्का अस्पतालमा छड्के अनुगमन गरिएको छ।

हाल सघन सुपरीवेक्षण र सुधारका लागि सचेत गराउने कार्य भइरहे तापनि, अनुगमनका क्रममा तोकिएको मापदण्ड र गुणस्तरमा कुनै पनि कमजोरी वा लापरबाही भेटिएमा जिम्मेवार अधिकारीलाई कानुनी दायरामा ल्याई आवश्यक कारबाही अगाडि बढाउने गरी मन्त्रालयले नियमनमा पछिल्लो समय निकै कडाइ गरेको छ। अस्पतालहरूको अनुगमन लगत्तै अब फार्मेसी लगायत स्वास्थ्य सेवा प्रवाह हुने अन्य सबै केन्द्रहरूमा समेत अनुगमनलाई तीव्र पार्ने मन्त्रालयको तयारी छ।

समग्र स्वास्थ्य प्रणालीलाई पारदर्शी बनाउँदै आम नागरिकलाई सुरक्षित र गुणस्तरीय उपचारको पूर्ण प्रत्याभूति दिलाउन मन्त्रालय तत्पर छस जसका लागि स्वास्थ्य मापदण्ड र सुशासनको विषयमा कुनै पनि सम्झौता नगर्ने स्पष्ट सन्देश प्रवाह गरिएको छ।

Health Tips Ad Road Block