काठमाडौं, नेपाल । एमएडब्लू ग्रुपले चितवन अटो शो २०२६ (CADA) लाई ऐतिहासिक उपलब्धिसहित सम्पन्न गरेको छ। भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा आयोजित उक्त कार्यक्रममा सहभागी अटोमोबाइल ब्रान्डहरूबाट संयुक्त रूपमा १०० भन्दा बढी बुकिङ प्राप्त भएको हो। नेपालको अटोमोबाइल क्षेत्रका विभिन्न सरोकारवालालाई एकै ठाउँमा ल्याएको यस कार्यक्रमले ग्राहकहरूमा एमएडब्लू ग्रुपप्रति विश्वास अझ बलियो बन्दै गएको र चितवन देशकै महत्वपूर्ण क्षेत्रीय अटोमोबाइल बजारका रूपमा तीव्र रूपमा विकास भइरहेको स्पष्ट संकेत दिएको छ।
१०० भन्दा बढी बुकिङको यो उपलब्धि कुनै एक ब्रान्डको मात्र सफलता नभई एमएडब्लू ग्रुप अन्तर्गतका विविध अटोमोबाइल ब्रान्ड र मोबिलिटी समाधानहरूको संयुक्त सफलताको परिणाम हो। एउटै विश्वसनीय छातामुनि विभिन्न ब्रान्ड तथा सेवाहरू प्रस्तुत गर्दै एमएडब्लूले व्यक्तिगत सवारीसाधनदेखि व्यावसायिक यातायातसम्म ग्राहकका फरक–फरक आवश्यकताहरू पूरा गर्न सक्ने आफ्नो क्षमताको प्रदर्शन गरेको थियो। CADA मा एमएडब्लूको एकीकृत उपस्थितिले नेपालकै अटोमोबाइल क्षेत्रमा यो समूहलाई बलियो र प्रभावशाली शक्तिका रूपमा स्थापित गरेको कम्पनीकाे दाबी छ।
कार्यक्रममा विशेषगरी फोटोन मोटर्सका लागि ल्याइएका आकर्षक अफरहरूले ग्राहकको उत्साह थप बढाएको थियो। खरिदकर्ताहरूलाई फ्यामिली रिट्रिट प्याकेज, ५५ इन्चको टेलिभिजन, रेफरल बोनस, गिफ्ट ह्याम्पर तथा विशेष नगद छुटजस्ता सुविधाहरू प्रदान गरिएको थियो। यी अफरहरूले अटो शोलाई केवल प्रदर्शनीमा सीमित नराखी ग्राहकका लागि लाभदायक र विश्वासिलो खरिद अवसरमा रूपान्तरण गरेको थियो। कार्यक्रममा फोटोन मोटर्सले ‘कमर्सियल भेहिकल’ सेग्मेन्ट अन्तर्गत ‘बेस्ट एक्जिबिटर’ अवार्डसमेत प्राप्त गरेको थियो, जसले व्यावसायिक मोबिलिटीको क्षेत्रमा ब्रान्डको प्रभावशाली उपस्थिति र नेतृत्वलाई प्रमाणित गरेको दाबी गरिएकाे छ।
CADA 2026 मा एमएडब्लू ग्रुपमाथि विश्वास राख्दै बुकिङ गर्ने सम्पूर्ण ग्राहकप्रति यो उपलब्धि समर्पित रहेको कम्पनीले जनाएको छ। १०० भन्दा बढी बुकिङले केवल सवारीसाधनप्रतिको रुचि मात्र नभई एमएडब्लूको विश्वसनीय बिक्री सेवा, उत्कृष्ट आफ्टर सेल्स सपोर्ट तथा ग्राहकको दीर्घकालीन प्रतिबद्धताप्रतिको विश्वासलाई समेत प्रतिनिधित्व गरेको कम्पनीकाे भनाइ छ।






















