Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

पेस्तोल देखाएर ज्वेलरीको २ तोलाको सुनको सिक्रीसहित गहना लुटपाट गर्ने दुई जना पक्राउ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । लुटपाट तथा चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका–९ बोडे बस्ने ३० वर्षीय बिकेस राजबाहक र काठमाडौं महानगरपालिका–१९ डल्लु बस्ने ३४ वर्षीय अरूण भुजेल रहेका छन् ।

काठमाडौं महानगरपालिका–२९ ईन्द्रचोकस्थित एक ज्वेलरीमा बिहीबार हतियार देखाई लुटपाट गर्ने प्रयास गरेको घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले २०८२ पुस २१ गते काठमाडौं महानगरपालिका–२५ मांसान गल्लीस्थित होलसेल पसलमा पेस्तोल देखाई २ तोलाको सुनको सिक्री, नगद ४ लाख रूपैयाँ, मोबाइल २ थान लगायतका सामान समेत लुटपाट गरेको खुल्न आएको छ । प्रहरीले उनीहरूको साथबाट चाइनिज पेस्तोल १ थान, म्याग्जिन १ थान, गोली १ राउण्ड, नक १ थान र घटनामा प्रयोग भएको स्कुटर समेत बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Health Tips Ad Road Block