Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

रातो मछिन्द्रनाथको रथ तान्ने साइत असार ३ गते बुधबार

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालकै सबैभन्दा लामो जात्राका रुपमा रहेको ललितपुरको रातो मच्छिन्द्रनाथको रथ तान्ने साइत आगामी असार ३ गते बुधबारलाई जुरेको छ । ज्योतिषहरुले मच्छिन्द्रनाथको रथ पश्चिम दिशाको यात्राका लागि साइत हेर्ने क्रममा यस बर्ष मलमास परेको कारण असार ३ गते रथ यात्राको उत्तम साइत भएको निष्कर्ष निकालेका हुन् ।

बैशाख ८ गते पूल्चोकबाट सुरु भएको रथ यात्रा गाःबहाल, सुन्धारा हुँदै लगनखेल पुर्‍याइएको छ ।

असार ३ गते मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट तानेर जावलाखेल पुर्‍याइन्छ । रथ जावलाखेल पुगेको चौंथो दिन भोटो देखाउने जात्रा पछि यस बर्षको रथयात्रा सम्पन्न हुनेछ ।

Health Tips Ad Road Block