Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सर्वसाधारणका लागि टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ खुल्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आज बैशाख २३ गतेदेखि साधारण शेयर ( आईपीओ) निष्काशन गरेको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २५ करोड १५ लाख ४५ हजार ५०० रुपैयाँबराबरको २५ लाख १५ हजार ४५५ कित्ता शेयर निष्काशन गरेको छ । यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यो आईपीओ निष्काशन बन्द छिटोमा बैशाख २८ गते र ढिलोमा जेठ ६ गते हुनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणाली मार्फत आईपीओमा आवेदन दिन सक्नेछन् ।

Health Tips Ad Road Block