Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

निरन्तरको वर्षापछि काठमाडौंको वायुको गुणस्तरमा सुधार

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । निरन्तरको वर्षापछि काठमाडौं उपत्यकाको वायुको गुणस्तरमा सुधार भएको छ ।

सुक्खा मौसम र वन डढेलोका कारण बढेको प्रदूषण निरन्तर पानी परेपछि घटेको हो ।

एयर क्वालिटी इन्डेक्स (एक्युआई) का अनुसार गत साता वायु गुणस्तर सूचकाङ्क बढेर २४७ पुगेपछि यसले नागरिकको स्वास्थ्यमा असर पार्नसक्ने अनुमान थियो ।

अहिले प्रदूषण घटेर एक्युआइ ७९ सम्म आएको छ ।

एक्युआइको मापदण्डअनुसार ०–५० सम्म ‘राम्रो’, ५१–१०० ‘मध्यम’, १०१–१५० ‘अस्वस्थ’, १५१–२०० ‘सबैका लागि अस्वस्थ’, २०१–३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दामाथि ‘अत्यन्त खतरनाक’ मानिन्छ ।

Health Tips Ad Road Block