काठमाडौँ । बहुप्रतीक्षित मुलुककै पहिलो आधुनिक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको परीक्षण(ट्रायल) आगामी जेठ अन्तिमदेखि गरिने भएको छ ।
प्रतिनिधि सभा अन्तर्गत पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलसहितको टोलीले गरेको अनुगमनपछि आयोजनाले उक्त जानकारी दिएको हो ।
सुरुङ्गमार्ग आगामी आर्थिक वर्ष २०८३/८४ देखि अर्थात् साउनदेखि सञ्चालन गर्ने योजना बनाइएको आयोजनाको भनाइ छ ।
अहिलेसम्म आयोजनाको भौतिक प्रगति ९९ प्रतिशत र वित्तीय प्रगति ९६ प्रतिशत पुगेको जानकारी दिइएको छ ।






















