Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सर्वसाधारणले याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि बैशाख १६ गतेदेखि निष्काशन गरेको आईपीओमा आवदेन दिने आज अन्तिम दिन हो ।

कम्पनीले १७ करोड ४३ लाख रुपैयाँ बराबरको १७ लाख ४३ हजार कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको छ ।

यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २१ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आईपीओमा आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी पनि आईपीओमा आवेदन दिन सकिनेछ ।

Health Tips Ad Road Block