Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सार्वजनिक अनुगमन कार्यालयकाे ठेक्का डकुमेन्ट परिवतर्न गर्ने ६ जनालाई प्रहरीले पक्रियाे

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । इ-गभरमेन्ट प्राेक्युरमेन्ट सिष्टम (e-Government Procurement) मा अनधिकृत पहुँच पुर्‍याई ठेक्काका विवरण हेरफेर गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनकुटा पाख्रीवास नगरपालिका-५ घर भएका ३३ वर्षीय दिवाकर देउजा, बझाङ दुर्गाथली गाउँपालिका-३ घर भएका २५ वर्षीय भरत धामी, तनहुँ बन्दीपुर गाउँपालिका-१ घर भएका ३९ वर्षीय संजय भट्ट, काठमाडौं महानगरपालिका-३३ घर भएका ३५ वर्षीय भाष्कर राज अर्याल, मकवानपुर हेटौंडा उपमहानगरपालिका-१७ घर भएका ४० वर्षीय सागर कटुवाल र सुनसरी दुहवी नगरपालिका-५ घर भएका ६२ वर्षीय जीवन कुमार दास रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो तथा साइबर ब्यूरो समेतबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले सार्वजनिक खरिद अनुगमन कार्यालयको e-GP (e-Government Procurement) प्रणालीमा अनाधिकृत पहुँच पुर्‍याई ठेक्काहरूको विवरण हेरफेर (ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नु भन्दा अगावै आर्थिक प्रस्तावको डकुमेन्ट परिवर्तन) गरेको खुल्न आएको छ ।

उनीहरू उपर संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएकाे छ ।

Health Tips Ad Road Block