Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नागढुंगा सुरुङ्गमार्ग सञ्चालन शुल्क निर्धारण, कुन गाडीको कति पर्छ ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा चल्ने सवारी साधनको शुल्क सार्वजनिक गरेको छ । मन्त्रालयले आज राजपत्रमा सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्ले सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नागढुङ्गा सुरुङमार्ग खण्डमा चल्ने सवारी साधनबाट सुरुङमार्ग उपभोगबापत दस्तुर लिने निर्णयअनुसार दर सार्वजनिक गरेको जनाएको छ ।

मन्त्रिपरिषद्ले गत साउन २६ गते उक्त निर्णय गरेको र सोही आधारमा आज राजपत्रमा सूचना प्रकाशित गरी दर सार्वजनिक गरिएको हो । जसअनसुार कार भ्यान, पिकअप ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीसाधन काठमाडौँ प्रवेश गर्दा रु. ६५ र बाहिरिँदा रु. ६० तोकिएको छ । यस्तै मिनी बस, मिनी टिपर/ट्रकको प्रवेशका लागि रु. ११५ र बाहिरिँदा रु. ८० तथा बस, ट्रक (सिङ्गल रियर एक्सल) प्रति सवारीसाधन प्रवेश गर्दा रु. २६० र बाहिरिँदा रु. २०० शुल्क तोकिएको छ ।

मल्टी एक्सल ट्रक–सवारीसाधन तथा भारी उपकरणको हकमा प्रवेश गर्दा रु. ६०० र बाहिरिँदा रु. २५० तोकिएको छ ।

Health Tips Ad Road Block