Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

पूर्व सभामुख कृष्णबहादुर महरासहित २८ जनाविरुद्ध करिब ८ करोडको भ्रष्टाचार मुद्दा दायर

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । पूर्व सभामुख कृष्णबहादुर महरासहित २८ जनाविरुद्ध सात करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट आपसी मिलेमतोमा भन्सार छली गरी गैरकानुनी तवरबाट लिई आएको इलेक्ट्रिक सिगरेट (भेप) जस्तो देखिने वस्तुमा पहेँलो धातु सुन जफत गरी भन्सार ऐन बमोजिम कारबाही गर्नुपर्नेमा सो नगरी भन्सार छली भ्रष्टाचार गरेको आरोप लागेको छ । पूर्व सभामुख महरासहित त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल, प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठ, प्रमुख भन्सार अधिकृत अम्बिकाप्रसाद खनाल, भन्सार अधिकृतद्वय रमेशकुमार खतिवडा र सुबेन्द्र श्रेष्ठ, नायब सुब्बाहरू सुवर्णाप्रभा केसी, भुवनराज घिमिरे, उमेशप्रसाद कोइराला, रेवन्त खड्का र मधुसुधन पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

यसैगरी राहुल भन्ने रेशम महरा, निर्मलकुमार विक, लोकेन्द्रकुमार पौडेल, दिपेश बस्नेत, गोपाल सुवेदी, दिनेश बस्नेत, वेदप्रकाश अग्रवाल, रामकेशव थापा क्षेत्री, अमृत कार्की, निमा गुरुङ, प्रेरणा थापा, ललिता थापा, दिपिका थापा, चिनियाँ नागरिक लि हाङ सोङ र डाओजिङ वाङ, बेल्जियम नागरिक दावा छिरिङ, भारतीय नागरिक साहेब राव पाण्डुरङ मरग र डेक्स्टर ट्राभल्स एन्ड टुर्स प्रा.लि. विरुद्ध सो मुद्दा दायर भएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ दफा १७ बमोजिमको कसुरमा बिगो रकम सात करोड ७८ लाख ६८ हजार ९५ रुपियाँ कायमा गरी कैद र जरिवाना सजाय हुन मागदाबी लिई बिहीबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

Health Tips Ad Road Block