skip this News Page Tips Ad Road Block

सरकारले ५० प्रतिशत कर छुट दिएपनि खाना पकाउने ग्याससहित सबै इन्धनको उच्च मूल्यवृद्धि

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सरकारले केही दिन अघि पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा ५० प्रतिशत छुट दिने निर्णय गरेपनि नागरिकलाई भने पेट्रोलियम पदार्थको मूल्यवृद्धि थोपरिएको छ । उच्च घाटाको कारण देखाउँदै नेपाल आयल निगमले नागरिकलाई चर्काे मूल्यवृद्धि थोपरेको हो ।

निगमको नयाँ प्रेस विज्ञप्तिअनुसार सामान्य नागरिकको भान्सा भान्सामा प्रयोग हुने खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर १०० रुपैयाँले बढाएको हो । अब एलपि ग्यास प्रति सिलिण्डर(१४.२ केजी) को २०१० रुपैयाँ पर्दछ । आधा सिलिण्डर (७.१ केजी) को १००५ रुपैयाँ पर्दछ ।

यसैगरी पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ डिजेल/मट्टितेलमा प्रतिलिटर २५ तथा हवाई इन्धन आन्तरिकतर्फ ६ रुपैयाँले वृद्धि गरेको छ ।

बढेको मूल्य आज बिहानैदेखि लागु भएको छ ।

मूल्य बढेअनुसार अब पेट्रोलको भाउ प्रति लिटर २१९ रुपैयाँ पुगेको छ । डिजेल र मट्टितेल प्रति लिटर २०७ रुपैयाँसम्म पुगेको छ ।

यसरी पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य समायोजन गर्दा पनि निगमलाई पाक्षिक रुपमा ७ अर्व ८१ करोड घाटा हुने निगमले जनाएको छ ।

Health Tips Ad Road Block