Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

इन्धनको खपत कम गर्न आयल निगमको आग्रह

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । नेपाल आयाल निगमनले इन्धन खपतप्रति सचेत हुन उपभोक्तालाई आग्रह गरेको छ । मन्त्रीपरिषद्को आइतबार बसेको बैठकले गरेको शनिबार र आइतबार बिदा दिने निर्णयलाई उपाभोक्ताले सहयोग गर्नुपर्ने निगमका प्रवक्ता मनोज ठाकुरले बताएका छन् । “बिदा पायौँ भनेर गाडी निकालेर घुम्न जानुभएन । जसरी भए पनि इन्धन खपत कम गर्ने हो । यसमा जनताको पनि योगदान चाहिन्छ,” प्रवक्ता ठाकुरले भने, “अहिले निगमलाई प्रतिलिटरमा रु. १२० घाटा भइरहेको छ । सरकारको इन्धन खपत कम गर्न बिदा दिने निर्णय सकारात्मक छ । उपभोक्ताले पनि खपतमा सचेत हुँदै अत्यावश्यकबाहेकका क्रियाकलापमा इन्धन खपत गर्नुभएन ।”

पेट्रोलियम पदार्थको आपूर्ति सङ्कट दिनप्रतिदिन बढ्दै गएपछि मन्त्रीपरिषद् बैठकले सोमबारदेखि लागु हुने गरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थालाई दुई दिन बिदा दिने निर्णय गरेको हो । इन्धन खपत कम गर्न डिजेल तथा पेट्रोल प्रयोग गर्ने गाडीलाई विद्युतीय सवारीसाधन परिवर्तन गर्न कानुनी सुधार गर्ने सरकारको निर्णयबारे सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् ।

निगमको तथ्याङ्क अनुसार देशभर हरेक दिन २५ लाख लिटर पेट्रोल र ५० लाख लिटर डिजेल खपत हुँदै आएको छ ।

Health Tips Ad Road Block