Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

स्टक ब्रोकरसँगको भेटमा अर्थमन्त्री के भने ? अनि ब्रोकरले…

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । स्टक ब्रोकर एशोसिएसनले अर्थमन्त्री डा. स्वार्णीम वाग्लेसँग भेटका लागि मागेको समयअनुसार आज बिहान भेट तय भएको थियो । त्यही अनुसार दुई पक्षबीच गहन छलफल भएको छ ।

भेटमा अर्थमन्त्रीले के भने ?

अर्थमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार अर्थमन्त्रीले भने, ‘नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउनु छ । त्यसका लागि सुशासनका काम गर्नुछ । जनमत पनि यही हो । हामी गर्छौँ । केही अनुसन्धान पुरानै हुन् अहिले अन्तिमतिर पुगेका हुन् । अपराध गरेकालाई उन्मुक्ति हुँदैन तर छानीछानी प्रतिशोध हुँदैन । सरकार निजी क्षेत्र मैत्री छ । मेरो पहिलो निर्णय हेरे पनि थाहा भइहाल्छ । रास्वपा र सरकार निजीक्षेत्र विरोधी होइन । हामी अर्थतन्त्रलाई कहाँबाट कहाँ पुर्याउने भनेर लागेका छौँ । बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक आउँदैछ । नेपालको अर्थतन्त्रका लागि अब स्वर्णिम समय आउँदैछ । हल्ला र गलत अफवाहको पछि कोही पनि नलागौँ । शेयर बजारमा सबै भन्दा उदार पार्टी र घोषणापत्रमै स्पट धारणा राख्ने हामी हौँ । तर, अहिले अफवाह फैलाइँदैछ । यसको पछि नलाग्न म सबैलाई आग्रह गर्छु ।

भेटमा ब्रोकरका प्रतिनिधिहरूले के–के भने ?

पूर्वअध्यक्ष प्रियराज रेग्मी र महासचिवलगायतले वर्तमान बजारमा शेयर बेचेर निस्किएका र बजारबाट शेयर उठाउन लागेका मानिसले बजारमा गलत हल्ला मच्चाइरहेका छन् । जसका कारण साना लगानीकर्ता आत्तिएका छन् । बजारमा गलत हल्ला मच्चाउनेहरु छन् । संस्थागत लगानीकर्ताका लागि बजारमा सहजताको उपाय अपनाउनु जरुरी  छ । निजी क्षेत्रमाथिको अनुसन्धान जायज छ तर अनुसन्धान गोप्य राखिनु पर्ने थियो भएन ।  पुँजीबजार सुधार कार्यदलको सुझाव कार्यान्वयन गरिनु पर्छ । उनको सचिवालयले जानकारी दिएको छ ।

Health Tips Ad Road Block