Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

मतपेटिका खोस्ने र कब्जामा लिनेलाई ठाउँका ठाउँ कारवाही, के हुन्छ दण्ड ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । गृह मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्देशिका जारी गर्दै निर्वाचन आचारसंहिताविपरीत गतिविधि गरे कारबाही हुने प्रष्ट पारेको छ । मन्त्रालयको निर्देशिकामा निर्वाचनमा प्रयोग गरिने वा प्रयोग गरिएको मतपत्र, मतपेटिका वा अन्य सामग्री खोस्न, लुट्न, चोर्न, कब्जामा लिन, खोल्न, नष्ट गर्न वा निर्वाचनमा प्रयोग हुन नदिन कुनै किसिमले रोकावट, हस्तक्षेप गर्न वा गराउन नहुने प्रस्ट पारेको हो । मन्त्रालयले यस्तो कार्य गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने जनाएको छ ।

निर्देशिकामा कसैले पनि मतदातालाई मतदान गर्नबाट वञ्चित गर्ने उद्देश्यले मतदाता परिचयपत्र कब्जा गरी राख्न, बिगार्न वा खरिद गर्न नहुने र यस्तो कार्य गर्ने व्यक्तिलाई पच्चिस हजार रुपैयाँसम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुने पष्ट पारेको छ । मन्त्रालयले मतपत्रको दुरुपयोग गरे मतपत्र दुरुपयोग गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने जनाएको छ । निर्देशिकामा भनिएको छ, “गैरकानुनी तवरले मतपत्र दिने वा लिने कार्य गर्ने व्यक्तिलाई एक लाख रुपियाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने छ ।”

मन्त्रालयले मतदानको अधिकारबिना मतदान गर्न नहुने प्रष्ट पार्दै मतदानको अधिकारबिना मतदानको कार्य गर्ने व्यक्तिलाई मतदान अधिकृतले २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने जनाएको छ ।

Health Tips Ad Road Block