skip this News Page Tips Ad Road Block

मतदाता लिष्टमा नाम हुनेले यी ६ वटा कागजातबाट भोट हाल्न पाउने, जान्नुहोस् !

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । फागुन २१ गते आज सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा व्यक्तिको परिचय खुल्ने ६ वटा कागजातबाट मतदान गर्न पाइने भएको छ ।

मतदाताको सहजतालाई ध्यानमा राख्दै निर्वाचिन आयोगले मतदानका लागि वैकल्पिक परिचयपत्रको व्यवस्था गरेको हो । त्यसका लागि मतदाना नामावलीमा नाम भने हुनुपर्नेछ ।

मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र नभएका नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै एउटा आधिकारिक कागजात देखाएर पनि सहजै मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।

यस विषयमा मतदान केन्द्रमा खटिने सुरक्षाकर्मी र कर्मचारीलाई आवश्यक सूचना संप्रेषण गरिसकेको आयोगले जनाएको छ ।

आज बिहान ७ बजेदेखि साँझ पाँच बजेसम्म मतदान गर्ने समय रहेको छ ।

Health Tips Ad Road Block