Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नागढुंगाबाट करिब ३ किलो चाँदीसहित एक जना पक्राउ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट करिब २ किलो ९ सय ग्राम तौल भएको चाँदीका दानासहित एकजना पक्राउ परेका छन् । पर्सा फेटा गाउँपालिका–६ बस्ने १७ वर्षीय किशोरलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र. ०१–००६ ख ५५२९ नम्बरको बसमा आएका उनलाई उक्त चाँदीका दानासहित पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

 

Health Tips Ad Road Block