Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

अनुगमनपछि एक कम्पनीलाई ५० हजार जरिवाना

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एउटा फर्मलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । विभागले अनुमगनको क्रममा कैफियत भेटेपछि खिलुङ्गा कालिका मार्केटिङ प्रालि सूर्यविनायक–२ बालकोटलाई जरिवाना तिराएको हो ।

उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार उक्त फर्मलाई मंगलबार कारबाही गरेको विभागले जनाएको छ । विभागले अन्य विभिन्न १२ फर्मको स्थलगत अनुमगन गरी सुधारात्मक निर्देशन पनि दिएको छ ।

विभागले स्थानीय प्रशासन तथा उपभोक्ता अधिकारकर्मीको सहभागितामा नियमित रुपमा बजार अनुमगन गर्दै कानुन कार्यान्वयन गर्दै आएको जनाएको छ ।

Health Tips Ad Road Block