काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत वर्षको मुनाफाबाट शेयधरधीहरुलाई १०.३५ ८३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
बैंकको शुक्रबार बसेको ३७४ औँ सञ्चालक समिति बैठकले शेयरधनीहरुलाई आव ०८१/०८२ को संचित मुनाफाबाट ५ प्रतिशत बोनश शेयर र ५.३५८३ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपश्चात तथा बैंकको आगामी २१ औँ साधारण सभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण गरिनेछ ।





















