Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

जेनजी पुस्ताहरु मतदानमा सहभागी हुने वातावरण निर्माण, मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन–२०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी भएको हो । यो अध्यादेश जारी भएसँगै निर्वाचन घोषणा भएपछि पनि उमेर पुगेका नेपाली नागरिकले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन पाउने बाटो खुलेको छ ।

निर्वाचन कानून अनुसार निर्वाचन घोषणा भएपछि मतदाता नामावलीमा नाम दर्ता गर्न नपाउने कानूनी ब्यवस्था भएपछि सरकारले अध्यादेश जारी गर्न राष्ट्रपतिलाइ सिफारिस गरेको थियो । प्रधानमन्त्री सुशीला कार्कीले नियुक्ति भएकै दिन २७ भदौमा गरेको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्दै फागुन २१ गते निर्वाचनको मिति घोषणा गर्नु भएपछि जेन्जी पुस्ताले मताधिकार पाउनु पर्ने माग राखेपछि सरकारले यो अध्यादेश ल्याएको हो । योसँगै जेनजी युवाहरुसहित थप लाखौं युवाले मतदान गर्ने बाटो खुलेको छ ।

अध्यादेश जारी भएपछि अब निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रक्रिया सुरु गर्ने छ ।

Health Tips Ad Road Block