Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

प्रियंका रानी जोशी नेपालमा एमजी एसफाइभ इभीको ब्रान्ड एम्ब्यासडर नियुक्त

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालका लागि एमजी (मोरिस गराजेज) को आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले मिस नेपाल वल्र्ड २०२२ र चर्चित मोडल प्रियंका रानी जोशीलाई स्टाइलिश र डायनामिक एमजी एसफाइभ इभीको ब्रान्ड एम्ब्यासडरको रूपमा आधिकारिक रूपमा नियुक्त गरेको घोषणा गरेको छ । यस सम्झौतासम्बन्धी हस्ताक्षर समारोह भदौ ११ गते, बुधबार प्यारामाउन्ट मोटर्सको काठमाडौंस्थित शोरुममा सम्पन्न भएको र यो साझेदारी दुई वर्षका लागि हुनेछ ।

एमजीको दृष्टिलाई अघि बढाउने दुई वर्षे साझेदारी

यस साझेदारीमार्फत, प्रियंका नेपालमा एमजी एस–फाइभ इभीको फेस बन्नेछ्न् िर आगामी दुई वर्षसम्म यसका स्टाइल र इनोभेशनलाई प्रस्तुत गर्नेछिन् ।

स्टाइल र परफर्मेन्ससँगको मेल

साझेदारीको घोषणा गर्दै, प्यारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिल बहादुर क्षेत्रीले भने, “प्रियंकाले आत्मविश्वास, शालीनता र आधुनिक गतिशीलताको प्रतिनिधित्व गर्नुहुन्छ । यी गुणहरू एमजी एस–फाइभ इभी र एमजी ब्रान्डसँग पूर्ण रूपमा मेल खान्छन्। हामी उहाँलाई एमजी परिवारमा स्वागत गर्न पाउँदा अत्यन्तै खुशी छौं र सँगै नयाँ दर्शकहरूसम्म पुग्ने अपेक्षा राख्छौं ।”

एमजी यात्रामा प्रियंका रानी जोशी

उत्साह व्यक्त गर्दै प्रियंकाले भनिन्, “एमजीसँग विशेषतः एमजी एसफाइभ इभीसँग आबद्ध हुन पाउँदा म अत्यन्त उत्साहित छु। एमजी इनोभेशन, पर्फर्मेन्स र सफिस्टिकेशनको प्रतीक हो । प्यारामाउन्ट मोटर्स र एमजीसँगको यो रोमाञ्चक यात्राको लागि मा उत्साहित छु ।”

साझेदारीले नेपालका युवा र सवारीप्रेमी दर्शकहरूसँग एमजीको सम्बन्ध अझ बलियो बनाउने

प्रियंका रानी जोशीको ब्रान्ड एम्ब्यासडरको रूपमा सहभागिताले एमजी एस–फाइभ इभीलाई युवा र सवारीप्रेमी दर्शकहरूसँग अझ नजिक ल्याउनेछ र ब्रान्डको प्रभाव र पहुँच बढाउनेछ । यस साझेदारीसँगै, प्यारामाउन्ट मोटर्सले नेपालमा एमजी एसफाइभ इभीको उपलब्धता र यसको आकर्षक डिजाइन, अत्याधुनिक फिचरहरू र शक्तिशाली परफर्मेन्सलाई अझ प्रचार गर्ने लक्ष्य राखेको छ ।

प्यारामाउन्ट मोटर्स प्रालिका बारेमा

प्यारामाउन्ट मोटर्स प्रालि नेपालका लागि एमजी (मोरिस ग्यारेजेस) को आधिकारिक वितरक हो, जसले इभीदेखि प्रिमियम एसयुभीसम्मको फराकिलो श्रेणीका गाडीहरू उपलब्ध गराउँछ । एमजीको विश्वव्यापी परफर्मेन्स, प्रविधि र डिजाइनको सम्पदा सहित, प्यारामाउन्ट मोटर्सले नेपालमा आधुनिक मोबिलिटीलाई नयाँ परिभाषा दिइरहेको छ ।

Health Tips Ad Road Block