Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

लक्ष्मी सनराइज क्यापिटलद्वारा संचालित लक्ष्मी सस्टेनेवल इनर्जी फण्डको निर्धारित १ अर्ब रकम संकलन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौैं । कोष प्रवद्र्धक लक्ष्मी सनराइज बैंक लिमिटेड तथा कोष व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको लक्ष्मी सस्टेनेवल इनर्जी फण्डले निर्धारित १ अर्ब रकम संकलन गर्न सफल भएको छ । यो फण्ड लक्ष्मी सनराइज क्यापिटल लिमिटेडद्वारा व्यवस्थित पहिलो प्राइभेट इक्विटी फण्ड हो । जलविद्युत, सौर्य, वायु उर्जा तथा अन्य क्षेत्रमा लगानी गरी नेपालको दिगो उर्जा क्षेत्रको विकासमा टेवा पु¥याउनुु यस फण्डको मुख्य उद्देश्य रहेको कम्पनीको भनाइ छ ।

‘यस फण्डको उद्देश्य पूर्तिमा निरन्तर समर्थन र हामीप्रति जनाउनुभएको विश्वसनियताका लागि सम्पूर्ण लगानीकर्ताहरु प्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं । ’ कम्पनीले भनेको छ ।

साथै लक्ष्मी सनराइज क्यापिटल लिमिटेड अपरेटिङ प्रिन्सिपल्स फर इम्प्याक्ट म्यानेजमेन्टमा हस्ताक्षरकर्ता समेत रहि आएको छ ।

Health Tips Ad Road Block