Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

बस्नेतको अध्यक्षतामा शैक्षिक परामर्श व्यवसायी संघ, नेपाल (एप्क्यान)को नयाँ कार्यसमिति सर्वसम्मत

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । शैक्षिक परामर्श व्यवसायी संघ, नेपाल (एप्क्यान)को अध्यक्षमा अर्जुन कुमार बस्नेत निर्वाचित भएका छन् । एप्क्यान केन्द्रीय कार्यसमिति निर्वाचन कार्यक्रम २०८२ को तेश्रो वार्षिक साधारण सभाबाट बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो ।

संघको निवर्तमान अध्यक्षमा प्रज्जवल बस्नेत, उपाध्यक्षमा दिनेश न्यौपाने, अनिल शर्मा, अमित खड्का निर्वाचित भएका छन् ।

यस्तै संघको महासचिवमा नरेश प्रसाद सेंडाई, सचिवमा मदन उप्रेती, सन्तोष बस्नेत, कोषाध्यक्षमा प्रज्वल खत्री, सह–कोषाध्यक्षमा विवेक शिवाकोटी निर्वाचित भएका छन् । सदस्यमा ज्योती शाह, गिता कुमारी सुवेदी, राजन दाहाल, शेखर पाण्डे, सञ्जिव लुइँटेल, सन्तोष तमाङ्ग निर्वाचित भएका छन् । बाँकी तीन जना सदस्य मनोनित गर्ने एप्क्यानले जनाएको छ ।

Health Tips Ad Road Block