काठमाडौं । नेपाल पर्वतारोहण सङ्घ(एनएमए)को नयाँ नेतृत्वका लागि अध्यक्षमा फुर गेल्जे शेर्पासहित समूह निर्वाचित भएको छ । शनिबार सम्पन्न निर्वाचन मत परिणामअनुसार कुल बहादुर गुरुङ समूहका प्रथम उपाध्यक्ष र एक सदस्य बाहेक बाँकी सबै शेर्पा समूहबाट निर्वाचित भएका हुन् ।
निर्वाचनमा अध्यक्षका उम्मेदवार फुर गेल्जे शेर्पा ३४२ मत पाएर विजयी भए । उनका प्रतिष्पर्धि कुल बहादुर गुरुङले २८८ पाए । यस्तै वरिष्ठ उपाध्यक्षमा इश्वरी पौडेल ३४५ मतसहित विजयी हुँदा उनका प्रतिद्धन्दी टिका गुरुङले २५८ प्राप्त गरे । प्रथम उपाध्यक्षमा गुरुङ समूहका मिङ्मा ग्याबो शेर्पा ३५९ मत ल्याएर विजयी भए । उनका प्रतिष्पर्धि शेर्पा समूहका काजी शेर्पा २५६ मत पाएर पराजित भए । द्धितीय उपाध्यक्षमा शेर्पा समूहका बोधराज भण्डारी ३६८ मतसहित विजयी हुँदा उनका प्रतिष्पर्धि धन बहादुर गुरुङले २३८ मत पाए ।
महासचिवमा शेर्पा समूहका राजेन्द्र बहादुर लामा ३१८ मत ल्याएर विजयी भए । उनका प्रतिष्पर्धि गुरुङ समूहका विमल नहर्कीले २०९ मत पाए । त्यस्तै शिव सापकोटाले ६८ मत पाए ।
सचिवमा शेर्पा समूहका चन्दन थापा ३५८ मत ल्याएर विजयी हुँदा उनका प्रतिष्पर्धि ङिमा दिकी शेर्पाले २४४ मत पाइन् । कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा ३०४ र सुमी लामाले बराबर ३०४ मत पाए । कोषाध्यक्षको बराबरी भएकाले आधा/आधा कार्यकालका लागि गोलाप्रथा गर्ने सहमति अनुसार काम भएको निर्वाचन समितिले जनाएको छ ।
सदस्यहरुमा माधवकुमार धमला २७८ मत, केदार न्यौपाने ३०२ मत, थुप्देन शेर्पा ३२६ मत, गोकुल थापा २८८ मत, मुलाल गुरुङ ३५१ मत, देण्डी शेर्पा ३११ मत, विक्रम कार्की ३०६ मत, रिञ्जे शेर्पा ३०१ मत, देवेन्द्र डंगोल २९५ मत, दिकी शेर्पा २८८ मत, निशा भोटे ३०७ मत ल्याएर विजयी भए ।






















