Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

पाँच दिनमै डेढ लाखले गरे नाडा अटो सो–२०२५ को अवलोकन, हरेक दिन फरक–फरक विषयमा अन्तरक्रिया कार्यक्रम

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नाडा अटो शो–२०२५ ले यसपटक ऐतिहासिक उपलब्धि हासिल गरेको आयोजक नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले जनाएको छ । यस वर्ष केवल ५ दिनमै १,४९,८८१ दर्शकले अटो शो अवलोकन गरिसकेका छन् । यो तथ्यांकले आम जनता नविन प्रविधिहरु र यस अटो शोप्रति धेरै चासो र जिज्ञाशा राख्छन् भन्ने प्रष्ट भएको नाडाले जनाएको छ ।

नाडा अटो शो को पाँचौ दिनमा पनि देशका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुले प्रदर्शनीको अवलोकन गरेका छन् । नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारी, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडाल, सिजी होल्डीङ्गस्का अध्यक्ष अरुणकुमार चौधरी र कलाकार सन्दिप क्षेत्रीले नाडा अटो शो–२०२५ को अवलोकन गरेका छन् ।

नाडा अटो शो–२०२५ को अवसरमा नाडाले हरेक दिन विभिन्न विषयहरुमा अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न गर्दै आएको छ । यसै क्रममा नाडा अटो शो को पाँचौ दिनमा पनि काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यतामा सडक र यातायात विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । त्यसैगरी आज नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीको प्रमुख आतिथ्यतामा मेड इन नेपाल विषयमा पनि अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नाडा अध्यक्ष करण चौधरीले भने, ‘नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्षका हैसियतले म यी उपलब्धिहरुलाई एउटा शुभारम्भको रूपमा लिएको छु । यसले हाम्रो अपेक्षामा अझ वृद्धि भएको छ, र नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउन हाम्रो आत्मविश्वास थप मजबुत भएको छ ।’

Health Tips Ad Road Block