काठमाडौं । विद्यार्थीहरुमा विदेश पढ्न जाने मोह धेरै भएको पाइन्छ । विदेश पढ्न जान विशेष सुझबुझ र जानकारी चाहिन्छ । तर कहाँबाट सूचना लिने भन्ने अन्योलमा हुन्छन् विद्यार्थीहरु । यस्तो अन्योल चिर्न विगत लामो समयदेखि विदेश पढ्न जाने विद्यार्थीहरुको चाहनाअनुरुप सही गन्तव्यको लागि परामर्श दिँदै आएको ब्रिलियन्ट एजुकेशन करिअर सर्भिसेस पुतलीसडकले ‘एड्मिसन डे’ काे आयोजना गर्यो । सञ्चार माध्यम र सामाजिक सञ्जालबाट सूचना पाएका विदेश पढ्न जाने विद्यार्थीहरु त्यसैलाई पछ्याउँदै पुतलीसडकसम्म पुगे ।
नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृति प्राप्त पुतलीसडक (नबिल बैंकको अगाडि) संस्थाले आफ्नै केन्द्रीय कार्यालयमा बुधबार बिहान ९ बजे देखि दिनभर ‘एड्मिसन डे’ आयोजना गरेको हो । ब्रिलियन्टले आयोजना गरेको ‘एड्मिसन डे’ मा विद्यार्थीहरुको खचाखच उपस्थिति रह्यो । विभिन्न मुलुकका १० भन्दा बढी ख्यातीप्राप्त विश्वविद्यालय एवं कलेजका प्रतिनिधिसँग एउटै छानामुनि भेट्ने अवसर पाउने सूचना प्राप्त गरेका विद्यार्थीहरु दिनभर नै मोबाइलमा लोकेशन म्याप हेर्दै त्यहाँ आइरहे र आफूले लिनुपर्ने सूचना विज्ञहरुबाट लिइरहे । ‘एड्मिसन डे’ काे त्यहाँको दृष्य देख्दा लाग्थ्यो आयोजकलाई व्यवस्थापन गर्नसमेत हम्मेहम्मे परिरहेको छ । विद्यार्थीहरुको ‘एड्मिसन डे’ मा आकर्षण नै देखियो । ‘एड्मिसन डे’ मा अस्ट्रेलिया, बेलायत, न्यूजिल्याण्ड, जापान, जर्मनी लगायत देशमा जान चाहने ५ सयभन्दा बढी विद्यार्थीको उल्लेख्य सहभागिता रह्याे ।
नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष एवं नेपाल शैक्षिक परामर्श व्यवसायी संघ (इक्यान) का पूर्व अध्यक्षसमेत रहेका राजेन्द्र बराल ब्रिलियन्ट एजुकेशन करिअर सर्भिसेसका संस्थापक हुन् । ‘शिक्षा सबैको लागि, पहिलो देश अनि विदेश’ भन्ने नारा लिएर अगाडि बढेको यस संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व(सिएसआर)अन्तर्गत समय-समयमा विभिन्न कामहरु गर्दै आएको छ । त्यसैको एक स्वरुप ‘एड्मिसन डे’ पनि भएको संस्थाको भनाइ छ । किनकि विदेश विदेश पढ्न जान चाहनेहरुका लागि आफूभित्र रहेको अन्योलता र दुविधा मेटाउने यो एक उत्कृष्ट अवसर बनेको सहभागी विद्यार्थीहरुको प्रतिक्रिया रहेको थियो । ‘एड्मिसन डे’ मा विदेश पढ्न जान चाहने विद्यार्थीहरुले जान चाहेको गन्तव्य देशका कानुनी प्रावधान, त्यहाँको शैक्षिक प्रणाली, आफूले पढ्न चाहेको कोर्सहरु, विश्वविद्यालय र करिअर निर्माणको लागि आवश्यक सबै जानकारी नि:शुल्करुपमा फरक–फरक कोठामा रहेका सम्बन्धित देशका प्रतिनिधिमार्फत लिए ।
एजुकेशनकी निर्देशक कल्पना बस्नेतले ‘एड्मिशन डे’ विदेशबाट उच्च शिक्षा हासिल गर्ने योजना बनाइरहेका विद्यार्थीले एकै छानामुनिबाट आफ्नो शैक्षिक लक्ष्य प्राप्त गर्नका लागि आवश्यक सबै सूचना लिने र विश्वविद्यालय छनोट गर्ने उत्कृष्ट प्लेटफर्म भएको दाबी गरिन् । उनका अनुसार ‘एड्मिशन डे’को अवसरमा तत्काल भर्ना, पूर्ण छात्रवृत्ति, आइइएलटिएस तथा पिटिएका कोर्सहरू अध्ययनमा विशेष छुटलगायतका मौका पनि विद्यार्थीले प्राप्त गरेका छन् । विद्यार्थीको त्यो स्तरको सहभागिताले आफूहरुलाई पनि उत्साहित बनाएको निर्देशक बस्नेतले बताइन् ।‘एड्मिसन डे’ मा विद्यार्थीका साथै कलाकार, पत्रकार एवं संचारकर्मी र विशिष्ट अधिकारीहरुको सहभागिता रहेको थियो ।
ब्रिलियन्टमा परामर्श गरेर भर्याङबाट झर्दै गरेका विद्यार्थीहरु भन्दै थिए ‘ब्रिलियन्टको सेवा साँच्चिकै ब्रिलियन्ट’ ।
पंडित आचार्य राजकुमार खनालले स्वस्ति वाचनसँगै संस्थापक बरालकी आमा दल कुमारी बरालले रिवन काटेर कार्यक्रम उद्घाटन गरिएको थियो ।

यस कम्पनी नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्विकृति व्रिलियण्ट एजुकेशन एण्ड करियर सर्भिसेज कम्पनी हो । २०६२ सालमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यलयमा दर्ता भई निरन्तर शैक्षिक परामर्श दिंदै आईरहेको छ । नेपाल शैक्षिक परामर्श संघ ( ECAN) को आजिवन सदस्य र अन्तर्राष्ट्रिय ख्याति प्राप्त संस्था ICEF को सदस्य हो ! नेपालको हेटौंडा, चितवन , पोखरा, सुर्खेत , ईटहरि , धरान, झापा , बुटवल र सैनामैनामा दक्ष अनुभवी शिक्षकबाट पूर्व तयारी कक्षा IELTS, PTE, TOEFL र जापानिज भाषा अध्ययन र नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मॅत्रालय TITI बाट तालिम प्राप्त शैक्षिक परामर्श दाताबाट अमेरिका,अष्ट्रेलिया,क्यानडा , वेलायत , न्युजिल्याण्ड , जर्मन , जापान , कोरिया तथा युरोपियन देशमा विध्यार्थीलाई अन्तराष्ट्रिय मापदण्डमा आधारित , सैद्धान्तिक , व्यवहारिक र वैज्ञानिक शिक्षा प्रणालीमा अनुसन्धानमुलक प्रविधियुक्त शिक्षाको बारेमा सत्य र तथ्यमा आधारित शैक्षिक परामर्श दिंदै आइरहेको छ ।






















