Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

मुलुकमा वित्तीय अनुशासन कायम गर्न र आर्थिक विकासमा अडानले खेलेको भूमिका सह्रानीयः अर्थमन्त्री पौडेल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल अडिटर्स एशोसिएशन (अडान) को २०औं स्थापना दिवस विभिन्न कार्यक्रमहरू गरी सफलतापूर्वक सम्पन्न भएको छ । देशभर “अडानडे”सप्ताहव्यापीरूपमा मनाइँदै, राज्यको आर्थिक क्षेत्रमा देखा परेका समस्या र चुनौतीहरू तथा लेखाव्यवसायीले सामना गर्नुपरेका मुद्दाहरूमा केन्द्रित गोष्ठी, अन्तरक्रिया, सामाजिक सहयोग तथा सहकार्य लगायतका कार्यक्रमहरू सम्पन्न गरिएका हुन् ।

सोही अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा आयोजित मुख्य कार्यक्रममा पहिलो सत्रमा दुईवटा कार्यपत्र प्रस्तुत गरिँदै सेसन सञ्चालन गरिएको थियो । दोस्रो सत्रमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यता, महालेखापरीक्षक माननीय तोयम रायाको विशिष्ट आतिथ्यता साथै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) का अध्यक्ष निल बहादुर सारु मगर, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्र राज पाण्डे, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक कुमार मलहोत्रा, अडानका निवर्तमान अध्यक्ष केदार नाथ पौडेल, अडानका पूर्व अध्यक्ष मोहन राज रेग्मी, अडानका संस्थापक अध्यक्ष कमल खरेल, एक्यानका अध्यक्ष अरुण राउत, नेपाल लेखामान बोर्डका अध्यक्ष सुनिर कुमार ढुङ्गेल, लेखापरीक्षणमान बोर्डका अध्यक्ष जग्गनाथ उपाध्याय निरौला, पूर्व नायव महालेखापरीक्षक रामबाबु नेपाललगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

अडानका अध्यक्ष बद्री प्रसाद भट्टराइको अध्यक्षता र महासचिव तिलक बहादुर अधिकारीबाट सञ्चालित कार्यक्रममा झण्डै ९०० को संख्यामा रहेका लेखापरीक्षक, लेखा व्यवसायीहरु, कर्पोरेट लेखापाल र व्यावसायिक लेखापालहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा “नेपालको वित्तीय प्रतिवेदन तथा करसम्बन्धी कानुनहरूले वित्तीय प्रतिवेदन प्रणालीमा पार्ने प्रभाव र त्यसको समाधानको बाटो” र “कर कानुन र सहकारी ऐनका परिवर्तनले लेखाप्रणालीमा पारेका प्रभाव र भावी चुनौतीहरू” शीर्षकमा दुईवटा सत्रहरू सञ्चालन गरिएका थिए । अडानका अध्यक्ष बद्री प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पहिलो सेसनको अध्यक्षता नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) का अध्यक्ष निल बहादुर सारु मगरले र दोस्रो सेसनको अध्यक्षता आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दहालले गरेका थिए । कार्यक्रममा “नेपालको वित्तीय प्रतिवेदन तथा करसम्बन्धी कानुनहरूले वित्तीय प्रतिवेदन प्रणालीमा पार्ने प्रभाव र त्यसको समाधानको बाटो” विषयमा सिए रोशन सापकोटा र “कर कानुन र सहकारी ऐनका परिवर्तनले लेखाप्रणालीमा पारेका प्रभाव र भावी चुनौतीहरू” विषयमा सिए प्रविण बरालले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रहरूमा नेपाल लेखामान बोर्डका अध्यक्ष सिए सुनिर कुमार ढुङ्गेल, नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य बाबुकाजी कार्की, पूर्व कार्यबाहक महालेखापरीक्षक बामदेव शर्मा अधिकारी, सिए प्रविण राज काफ्ले, एक्यानका अध्यक्ष सिए अरुण राउत, अडानका द्वितीय उपाध्यक्ष आरए पोषराज नेपाल, राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सिए बद्री कुमार गुरागाई, र नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य पर्शुराम दाहालले टिप्पणी गरेका थिए ।

२०औं अडान स्थापना दिवसको उद्घााटन सत्रमा अडानका अध्यक्ष बद्री प्रसाद भट्टराईले वित्तीय सुशासन र आर्थिक समृद्धिमा लेखापरीक्षकको योगदान तथा संस्थाले हालसम्म गरेका उपलब्धिहरूको उल्लेख गर्दै स्वागत मन्तव्य राखेका थिए । शुभकामना मन्तव्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वित्तीय अनुशासन र आर्थिक विकासमा लेखापरीक्षकको जिम्मेवारी र दायित्वको सन्दर्भमा अडानले खेलेको भूमिका सदैव सराहनीय रहँदै आएको बताउँदै ज्ञान, सीप र क्षमताको सदुपयोगमार्फत राज्यको उत्पादन, उत्पादकत्व वृद्धि र आर्थिक विकासमा थप योगदान दिनुपर्ने आवश्यकता औंल्याए । महालेखापरीक्षक तोयम रायाले दस्तावेज र प्रमाणमा आधारित बृहत लेखापरीक्षण र आईटी तथा वातावरण आधारित अडिटको आवश्यकता रहेको धारणा राख्दै अडानको सफलताको शुभकामना दिए ।

यसैगरी आइक्यान अध्यक्ष निल बहादुर सारु मगरले अडानले मेची महाकालीसम्म लेखापरीक्षणमा पुर्योएको योगदान र अडान आइक्यान सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरे । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले राजस्व संकलन, लेखा पारदर्शिता र वित्तीय जवाफदेहितामा अडानको योगदान उल्लेखनीय रहेको उल्लेख गरे । नेपाल उद्योग परिसंघ अध्यक्ष विरेन्द्रराज पाण्डेले निर्यात प्रवर्द्धन र आयात घटाउने आवश्यकतालाई जोड दिँदै निजी क्षेत्रलाई आत्मविश्वास दिलाउने वातावरण आवश्यक रहेको बताउ । नेपाल चेम्बर अफ कमर्स वरिष्ठ उपाध्यक्ष दीपक कुमार मलहोत्राले लेखापरीक्षणले उद्योगी व्यापारीका गतिविधिको मूल्यांकन मात्र नभई मानवीय कमजोरीलाई समयमै समाधान गर्न सहयोग पुर्योउने भएकाले अडानको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे ।

एक्यान अध्यक्ष अरुण राउतले अडान एक्यानबीच संस्थागत हकहितका लागि सशक्त समन्वय र सहकार्यको आवश्यकतामा जोड दिए भने अडानका निवर्तमान अध्यक्ष केदार नाथ पौडेलले यथार्थ लेखापरीक्षणमार्फत आर्थिक पारदर्शिता र सदस्य क्षमतावृद्धिमा अडानको निरन्तर प्रतिबद्धता रहेको उल्लेख गरे ।

त्यस अवसरमा आइक्यानका नवनिर्वाचित अध्यक्ष निल बहादुर सारु मगर र उपाध्यक्ष आनन्द राज शर्मा वाग्लेलाई सफल कार्यकालको बधाई, सम्मान तथा शुभकामना प्रदान गरिएका थियो । त्यसैगरी, लेखापरीक्षकहरूको क्षेत्रमा उल्लेखनीय योगदान पुर्यानउने पूर्व नायव महालेखापरीक्षक रामबाबु नेपाललाई विशेष सम्मान गरिएको थियो ।

कार्यक्रममा अडान उपत्यका प्रदेश कार्यसमितिद्वारा अडान डे को अवसरमा आयोजना गरिएको फुटसल प्रतियोगिताको विजेता उपत्यका प्रदेश टिमलाई पदक प्रदान गरिएको थियो । साथै, अडान काठमाडौं जिल्ला कार्यसमितिद्वारा प्रकाशित “अडान अर्थ माला” पुस्तकको विमोचन समेत गरिएको थियो।

यसैगरी २०औं अडान दिवसको अवसरमा अडान उपत्यका प्रदेशले आयोजना गरेको रक्तदान कार्यक्रममा ४९ जनाले रक्तदान गरेका थिए । साथै, मुलुकभरका जिल्ला तथा प्रदेश कार्यसमितिहरूबाट सप्ताहव्यापी रूपमा अन्तर्क्रिया, सेमिनार र गोष्ठीका साथै सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वृद्धाश्रममा खाना वितरण, फलफूल वितरण, वृक्षारोपण, दीप प्रज्वलन, असहायलाई नगद वितरण लगायतका कार्यक्रमहरू सम्पन्न गरिएका थिए ।

कार्यक्रम समापन गर्दै अडानका वरिष्ठ उपाध्यक्ष डा.डोल प्रसाद दाहालले उपस्थित सबैलाई धन्यवाद दिँदै आफ्नो क्षेत्रका धारणा राखेका थिए ।

 

Health Tips Ad Road Block