Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

देशभर १५ लाख ८६ हजार हेक्टरमा मात्र सिंचाई सुविधा, लक्ष्य भेटाउने गरी सिंचाई क्षेत्रको विकास गर्नुपर्ने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । उmर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले लक्ष्य भेटाउने गरी सिंचाई क्षेत्रको विकासमा लाग्नुपर्ने बताएका छन् । जलस्रोत तथा सिंचाई विभागको चौंथो त्रैमासिक एवम् वार्षिक समीक्षा गोष्ठीमा उनले कर्मचारी स्थायी सरकार भएकाले लक्ष्य भेटाउने गरी काम गर्नुपर्ने बताएका हुन् । “जनताप्रति उत्तरदायी भएर मुलुकलाई सम्झेर नतिजा दिनेगरी काम गरौँ,” उनले भने ।

उmर्जामन्त्री खड्काले वर्षेपिच्छे ठूलो ऋण लिएर राष्ट्रिय गौरवका आयोजना निर्माण गर्दैगर्दा समयमा निर्माण कार्य नहुँदा राज्यलाई ठूलो भार पर्दै गएको भन्दै समयमै काम सम्पन्न गर्नेगरी लाग्नुपर्ने बताए ।

उनले देशभर २५ लाख हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुर्याउनुपर्नेमा हालसम्म १५ लाख ८६ हजार हेक्टरमा मात्र सिंचाई सुविधा पुगेको बताउँदै प्रत्येक वर्ष १४ हजार हेक्टरमा सिंचाई सुविधाको लक्ष्य लिँदा काममा धेरै ढिलाई हुने बताए ।

कम्तिमा प्रत्येक वर्ष एक लाख हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुर्याउनेगरी काम गर्नुपर्ने उनको भनाई थियो । उनले जिम्मेवारमा बस्नेहरुप्रति प्रश्न उठ्नु स्वभाविक भएकाले समयमै काम सम्पन्न गर्नेतर्फ सबै लाग्नुपर्ने बताए ।

जलस्रोत तथा सिंचाई विभागका महानिर्देशक मित्र बरालले दिगो र भरपर्दो सिंचाई सुविधा पुर्याउने उदेश्यका साथ स्थापना भएको विभागले आर्थिक वर्ष २०८१÷०८२ मा ८९.१५ प्रतिशत भौतिक प्रगती र ८१.२८ प्रतिशत वित्तिय प्रगती हासिल गरेको जानकारी दिए ।

आव २०८१÷०८२ मा जलस्रोत तथा सिंचाई क्षेत्रमा रु. ३३ अर्ब पाँच करोड बजेट विनियोजन भएकोमा रु. २६ अर्ब ८६ करोड खर्च भएको छ । यस्तै गत आवमा ५० किलोमिटर क्षेत्रफलमा तटबन्धन, ४७० हेक्टर जग्गामा उकास गरिएको विभागले जनाएको छ ।

यस्तै विभागअन्तर्गत रहेका ६ वटा राष्ट्रिय गौरवका आयोजनाबाट दुई लाख ८७ हजार हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा र ८२.७ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकोमा हालसम्म ६६ हजार ७१० हेक्टर जग्गामा सिंचाई सुविधा पुग्नुका साथै ४.७१ मेगावाट विद्युत उत्पादन हुँदै आएको छ ।

Health Tips Ad Road Block