काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालले सडक निर्माण र विस्तारसँगै सडक सुरक्षा चुनौती बनी रहेको बताएका छन् । आइतबार ललितपुरमा नेपाल अटोमोबाइल एसोसिएसन नेपाल – नासाले आयोजना गरेको अटोमोबाइल तथा मोबिलिटी पोलिसी बारेको २ दिने कार्यक्रमको समापन समारोहमा उनले सडक संजाल विस्तारको क्रममा सडक सुरक्षाको विषयलाई अनिवार्य समेटिने गरेको पनि बताए । नेपालको भौगोलिक तथा धरातलीय विशिष्टताका कारण पनि सडक सुरक्षाको विषयमा सम्झौता गर्न नहुने मन्त्री दहालले बताए ।
सडक सुरक्षालाई कानुनी रुपमा स्थापित गर्न सडक सुरक्षा ऐन बनाउने काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।
दुई दिनको कार्यक्रमको अवधिमा विभिन्न कार्यपत्रहरु माथि छलफल भएको आयोजक संस्थाका कार्यकारी निर्देशक गोविन्द भट्टराईले जानकारी दिए ।

कार्यक्रममा मोरङका शेखरचन्द्र राइलाइ सडक सुरक्षा अवार्ड प्रदान गरियो
सोही कार्यक्रममा मन्त्री दहालले नेपालमा विद्युतीय सवारीको बारेमा शुरु हुने अनुसन्धानको शुभारम्भ पनि गरे ।






















