Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

बीमाको महत्व दिनप्रतिदिन बढ्दो, अन्तर्राष्ट्रिय अभ्याससँगै सेवा प्रभावकारी बनाउन जरुरीः राजेन्द्र मल्ल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्लले दिनप्रतिदिन बीमाको महत्व बढ्दै गइरहेको भन्दै बीमा सेवालाई अझै बलियो बनाउन जरुरी रहेको बताएका छन् । प्रभु इन्स्योरेन्सको ३० औँ वार्षिकोत्सव उद्घाटन गर्दै उनले नेपालमा बीमा सेवालाई बलियो बनाउन सरकारी र निजी क्षेत्र दुवैले ‘एक सिक्काका दुई पाटा’का रुपमा काम गर्नुपर्ने धारणा राखेका हुन् ।  अध्यक्ष मल्लले नेपालमा बीमा उद्योग बढिरहेको र ग्राहक सेवालाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय अभ्यासहरू प्रदान गर्नुपर्ने खाँचो औंल्याए ।

प्रमु इन्स्योरेन्सका अध्यक्षसमेत रहेका मल्ले भने, ‘अब हामीले गाउँस्तर र आम जनतामा पनि बीमाबारे जागरण र प्रचार गर्नुपर्छ । सरकारले भने रेगुलेट गर्ने मात्र नभई बीमा उद्योगहरूलाई अभिभावकत्व प्रदान गर्नुपर्छ ।’

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्षसमेत रहेका मल्ले ‘बीमा गरौँ, ढुक्क बनौँ’ भन्ने शब्द मात्रै नभएर यसलाई प्रभावकारी बनाउन यथार्थपरक सेवा उपलब्ध गराउनुपर्ने बताए । कार्यक्रममा जोड दिँदै उनले भने, ‘बीमा यस्तो उद्योग हो जसले पीडामा सेवा गर्छ, विपद् र जोखिममा सहयाेग गर्छ । आगामी दिनहरूमा हाम्रा सबै कम्पनीहरुलाई सेवा प्रदान गर्ने बीमाकर्ताहरू र ढिलाइ नगरी समयमै दाबी भुक्तानी गर्ने नेतृत्व चाहिन्छ ।’

प्रभु इन्स्योरेन्समा सुरुदेखि नै सञ्चालक समितिमा संलग्न मल्लले आगामी दिनमा बीमा उद्योगलाई क्रमशः डिसिटाइजेसन गर्दै जानुपर्ने आवश्यकता औंल्याएका छन् ।

प्रभु इन्स्योरेन्समार्फत आर्थिक वर्ष ०८१/८२ मा आर्जित मुनाफाबाट १८ प्रतिशत बोनस घोषणा गर्न पाउँदा खुसी लागेको उनले सो अवसरमा सुनाए ।

Health Tips Ad Road Block