Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

स्वदेशमै अन्तर्राष्ट्रियस्तरको शिक्षा दिने पेन्टागन इन्टरनेशनल कलेज

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । २०६६ सालमा स्थापित भएको पेन्टागन इन्टरनेशनल कलेज उच्च शिक्षाको क्षेत्रमा ख्याति प्राप्त, अनुभवी तथा विशुद्ध प्राज्ञिक व्यक्तिहरूको समूहबाट सञ्चालित कलेज हो । यस कलेज स्थापना कालदेखि नै विद्यार्थी तथा अभिभावकहरूको पहिलो रोजाईमा परेको छ ।

पेन्टागन कलेजमा १० वर्षदेखि ३० वर्षसम्मका अनुभव संगालेका प्राध्यापकहरू आफैं सञ्चालक रहेका छन् । जसले गर्दा गुणात्मक शिक्षा पाउनेमा कुनै शंका नरहेको यस कलेजका अध्यक्ष तथा शिक्षाविद् डा. एसपी सिंह बताउँछन्।

कलेजका निर्देशक गणपतिनाथ झा गुणस्तरी अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गरेर विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा अब्बल बनाउने पेन्टागनको उद्देश्य रहेको बताउँछन् ।

कलेजमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारका प्रयोगशालाहरू, सुविधा सम्पन्न पुस्तकालय, उपत्यका तथा हिमालहरूको विहङ्गम दृश्य अवलोकन गर्न सकिने तथा विविध किसिमका स्वस्थकर एवं स्वादिष्ट परिकारहरू उपलब्ध हुने क्यान्टिनजस्ता भौतिक पूर्वाधारहरु रहेका छन् ।

कलेजका अध्यक्ष सिंह भन्छन्, ‘नेपाली शिक्षालाई विश्वस्तरीय बनाउन आधुनिक शिक्षण विधि प्रयोग गरिएको छ । यस प्रयोजनका लागि मोडेल, चार्ट, ओभरहेड प्रोजेक्टर तथा मल्टिमिडियाजस्ता सामग्री प्रयोग गरी हाम्रा विद्यार्थीहरूलाई कठिन विषयहरूलाई पनि सरल ढंगले बुझाउने प्रयास गर्दछौं ।’ उनले थपे– ‘हामीले पारिवारिक वातावरण सिर्जना गरी विद्यार्थीहरूसँग मित्रवत व्यवहार गर्दछौं, जसले गर्दा विद्यार्थीहरू भयरहित भएर आफ्ना समस्याहरू शिक्षकहरूसमक्ष राख्ने गरेका छन् । यहाँ शिक्षकको दायित्व कक्षाकोठाभित्र मात्रै सीमित हुँदैन, हामी जुनसुकै बेला विद्यार्थीहरूलाई सहयोग गर्न तत्पर हुन्छौं ।’

विज्ञान संकायजस्तै व्यवस्थापनतर्फ पनि यस कलेजले उत्कृष्टता स्थापना गरेको देखिन्छ । होटल म्यानेजमेन्ट, ल्याब, कम्प्युटर ल्याबको साथै आवश्यक फिल्ड भिजिटको व्यवस्था गरिएको हुनाले विद्यार्थीहरू आफ्ना शैक्षिक अभिष्ट पूरा हुने कुरामा विश्वस्त देखिन्छन् । निर्देशक झ भन्छन्, ‘एक्काइसौं शताब्दीका चुनौतीहरूलाई सामना गर्न सम्पूर्ण आधारभूत कुराहरूलाई दृष्टिगत गरी कहलिएका योग्य शिक्षकहरूद्धारा अध्यापन गराउँदैछौं ।’ साथै, उनले शिक्षालाई व्यवहारिक बनाउन आधुनिक शिक्षण विधिहरू प्रयोग गरी व्यवस्थापनको शिक्षा किताबमा मात्रै सीमित नभई व्यवहारमा पनि उतार्ने प्रयास गरेको बताएका छन् ।

कलेजले उत्कृष्ट शिक्षणसँगसँगै अतिरिक्त क्रियाकलाप तथा खेलकुदमा पनि उत्तिकै चासो राखेको छ । अन्तर्राष्ट्रिय मापदण्डको बास्केट बल कोर्ट, क्रिकेट, टेबलटेनिस तथा अन्य खेलहरूको व्यवस्था गरिएको छ ।

उपत्यका बाहिरका विद्यार्थीका लागि सुविधा प्रदान गर्ने उद्देश्यले कलेजले छात्राबासको व्यवस्था गरेको छ।

यस संस्थाले विज्ञान, व्यवस्थापन र मानविकीका विषयमा अध्यापन गराउँदै आएको छ । बोर्डको परीक्षाफल, मेडिकल प्रवेश परीक्षा, इन्जिनियरिङ प्रवेश परीक्षा एवं विदेशी दूतावासबाट लिइने छात्रवृत्ति परीक्षामा समेत पेन्टागनका विद्यार्थीहरूले प्रत्येक वर्ष १०० को सेरोफेरोमा निःशुल्क छात्रवृत्ति कोटामा नाम निकाली अग्रस्थान कायम राख्न सफल भएको कलेजले जनाएको छ ।

यस कलेजको अध्यक्ष डा. एसपी सिंहले, ‘स्वदेशी भूमिमा अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्ने उद्देश्यले शिक्षक तथा प्राध्यापकहरूलाई नै शेयरधनी बनाई यस मन्दिरको निर्माण गरेका छौं । कम खर्चमा स्तरीय शिक्षा प्रदान गर्ने तथा देशको पूँजी पलायनलाई रोक्ने हाम्रो मुख्य उद्देश्य रहेको छ ।’

Health Tips Ad Road Block