Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

कृषि कर्जालाई सरलीकृत गरिदिन नेपाल राष्ट्र बैंकलाई कृषि मन्त्रीको आग्रह

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि कर्जालाई सरलीकृत गराउन नेपाल राष्ट्र बैंकलाई सहजीकरण गरिदिन आग्रह गरेका छन् । नेपाल राष्ट्र बैंकका गर्भनर डा।विश्वनाथ पौडेलसँग मन्त्रालयमा भएको छलफलमा मन्त्री अधिकारीले कृषिमार्फत गरिबी हटाउनका लागि बैंक तथा वित्तीय संस्थाहरुको भूमिका महत्वपूर्ण हुने भएकाले साना किसानहरुले पनि सरल र सहज किसिमले ऋण प्राप्त गर्ने प्रावधानको आवश्यकता औंल्याए ।

‘कृषिका लागि ठूलो मात्रामा ऋण लिएकाहरुले सो रकम अन्यत्रै परिचालन गरिएको पनि सुनिएको छ, यदि त्यस्तो हो भने कृषिमा हामीले लिएको लक्ष्य र अपेक्षा पुरा हुन सक्ने देखिँदैन,’ मन्त्री अधिकारीले भने ।

‘कृषि ऋणको सहि उपयोग भयो कि भएन यसको प्रभावकारी अनुगमनका लागि म नेपाल राष्ट्र बैक समक्ष अनुरोध गर्दछु। ’मन्त्री अधिकारीले भने ।

मन्त्रीअधिकारीले कसैले ऋण नपाउने पाउनेले अन्य प्रयोजनमा लगाउने अवस्था आउन नहुनेमा जोड दिए । सरकारी स्वामित्वका बैंकहरुले पनि कृषि कर्जा बढाउनु पर्ने र राष्ट्र बैकको कृषि कर्जा सम्वन्धमा गरिएको व्यवस्थाको पालना उनीहरुले गर्नपर्नेमा मन्त्री अधिकारीले जोड दिए ।

नेपाल राष्ट्र बैंकका गर्भनर डा. पौडेलले हाल कृषिमा भएको लगानीको सदुपयोग हुन नसकिरहेको सन्दर्भमा आफ्नो पनि चासोको विषय भएकाले प्रतिफल आउने गरि काम गर्न जरुरी रहेको बताए । किसानलाई व्यवसायिक नबनाई कृषिमा भएको लगानीको प्रतिफल प्राप्त हुन नसक्ने भएकाले प्रतिफल आउने गरि लगानीको आवश्यकतामा गर्भनर डा.पौडेलले जोड दिए । उनले आफू हालै विभिन्न जिल्लाहरुमा जाँदा माटो खेलाउनेले कृषि क्रृण नपाउने ,कागज खेलाउनेले क्रृण पाउने गरेको गुनासो पनि सुनेको उल्लेख गर्दे किसानलाई क्रृण मात्र बोकाउने भन्दा पनि किसानलाई सहि बाटोमा हिँडाउन सबै निकायले प्रभावकारी भूमिका खेल्नुपर्नेमा गर्भनर डा.पौडेलले जोड दिए । आगामी आर्थिक वर्षका लागि मौद्रिक नीतिको तयारी भइरहेको बेला मन्त्री अधिकारी र गर्भनर डा.पौडेल बीचको भेट महत्वपूर्ण रहेको छ ।

भेटमा कृषि तथा पशुपन्छी विकास मन्त्रलायका सचिवद्धय डा.गोविन्द प्रसाद शर्मा र डा.दीपक कुमार खराल , पशुसेवा विभागका महानिर्देशक डा.राम नन्दन तिवारी, मन्त्री अधिकारीका नीजि सचिव वरिष्ठ वाली संरक्षक रोशन अधिकारी, नेपाल राष्ट्र बैकका निर्देशक शरणकुमार अधिकारी लगायतको सहभागीता रहेको थियो ।

Health Tips Ad Road Block