Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुरु भयो सगरमाथा संवाद, १७५ भन्दा बढी विदेशी पाहुना काठमाडौंमा

हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु होः प्रधानमन्त्री

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य अवधारणामा केन्द्रित अन्तराष्ट्रियस्तरको जलवायु सम्मेलन काठमाडौंमा सुरु भएको छ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ नेपाल सरकारले पहिलोपटक सगरमाथा संवाद आयोजना गरेको हो । छ ।

कार्यक्रम जेठ ४ सम्म सञ्चालन हुनेछ ।

परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनमा १७५ भन्दा बढी विदेशी पाहुना उपस्थित भइसकेका छन् । कार्यक्रममा १२ देशबाट उच्च तहको प्रतिनिधिमण्डल सहभागी भएको बताइएको छ । चीन, भारतलगायत मुलुकका विशिष्ट पाहुना कार्यक्रम स्थल पुगिसकेका छन् भने कतिपय मुलुकका विशिष्ट अतिथि आउने क्रम जारी छ ।

उद्घाटन समारोहमा सगरमाथा संवादसम्बन्धी तयार पारिएको एक चिनारीयुक्त श्रव्यदृश्य सामग्री प्रस्तुत गरिएको छ । उद्घाटन समारोहमा भारत र चीनका तर्फबाट प्रतिनिधिमण्डलको नेतृत्व गरेर आएका विशिष्ट पाहुना र कोप–२९ का अध्यक्ष तथा अजरबैजानका राष्ट्रपतिका जलवायु विषयसम्बन्धी प्रतिनिधिले सम्बोधन गरेका छन् ।

हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु होः प्रधानमन्त्री

यता सगरमाथा संवादको उद्घाटनसत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरिएको बताएका छन् ।

उनले यही गहिरो अन्तरनिर्भर यथार्थभित्र—इमानदार संवाद र आपसी ज्ञान साटासाट गर्न तथा सामूहिक कदम चाल्न सर्वोच्च शिखर सगरमाथाको नामबाट संवादको जन्म भएको स्पष्ट गरे ।

“आशा गछौँ, यो संवाद—त्यत्तिकै उच्च बनोस् । उच्च नैतिक स्पष्टता, दृढ बौद्धिक साहस र सुन्दर भविष्य निर्माणका लागि अटल साझा दृष्टिकोणमा उच्च बनोस् ।”, प्रधानमन्त्री ओलीले भने, “ हाम्रा घरबासहरु पहिरोहरूले बगाइरहेका छन् । बाढी र खडेरी अकस्मात आउँछन् तर अझै, हामी डटिरहेका छौँ । हाम्रा उत्सर्जनहरू न्यून छ तर वातावरण संरक्षणमा हाम्रा योगदानहरू महत्वपूर्ण छन् ।”

 

Health Tips Ad Road Block