काठमाडौं । आजदेखि काठमाडौंमा सगरमाथा संवाद सुरु हुँदैछ । अन्तर्राष्ट्रिय मञ्चकारुपमा स्थापित गर्ने उदेश्य राखेर नेपाल सरकारले यसै वर्षदेखि संवाद सुरु गर्न लागेको हो । काठमाडौंको सोल्टी होटलमा आयोजना हुने सगरमाथा संवादको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य नारामा रहेको पहिलो संस्करणको सगरमाथा संवाद हुन लागेको हो । विश्वव्यापी मञ्चका रूपमा सगरमाथा संवादले सकारात्मक परिवर्तनको भूमिका खेल्ने विश्वास लिइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीकाअनुसार विश्व सभ्यताको उद्गमस्थल मानिने सगरमाथा र यी जस्तै अग्ला हिमालको संरक्षणमा सिङ्गो विश्वलाई जिम्मेवार बनाउने उद्देश्यले हिमालको आवाज बलियो बनाउन संवादले भूमिका खेल्नेछ । ओलीले नेपालका हिमाल र पहाडका वातावरणीय महत्वबारे विश्वलाई गम्भीररुपमा ध्यानाकर्षण गराउन सगरमाथा संवादको आयोजना गरिएको बताएका छन् ।
संवादका लागि ३७ देशका १६० विदेशी पाहुुना नेपालमा आएको सरकारी भनाइ छ । जेठ ४ गतेसम्म सगरमाथा संवाद हुनेछ ।
सगरमाथा संवाद हरेक दुई वर्षमा फरक मुद्दा उठानसहित सञ्चालन गरिने प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।























