skip this News Page Tips Ad Road Block

चन्द्रागिरि हिल्सको आधिकारिक यूनियनमा एकिकृत होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदूर यूनियनले बाजी मार्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेड थानकोट काठमाडौंको आधिकारिक यूनियनमा नेकपा एकीकृत समाजवादी सम्बद्ध नेपाल एकिकृत होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदूर यूनियनले बाजी मारेको छ । बुधबार सम्पन्न भएको आधिकारिक ट्रेड यूनियनको निर्वाचनमा नेपाल एकिकृत होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर यूनियन विजयी भएको छ ।

जम्मा मतदाता १४० रहेकोमा १३६ मत खसेको थियो । जसमध्ये ७३ मत नेपाल एकिकृत होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर यूनियनले प्राप्त गरेको थियो ।

निर्वाचनमा नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघले ३३ मत र अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघले ३० मत प्राप्त गरेको थियो ।

निर्वाचित आधिकारिक ट्रेड यूनियनले सामुहिक सौदाबाजीका साथै श्रमिकको हक हितको लागि काम गर्ने गर्दछ ।

Health Tips Ad Road Block