ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

५० प्रतिशत छुटमा ललितपुरको यूएन पार्क ग्राउण्डमा जुत्ता मेला, बि एफ डियर हिलका ५ सय डिजाइनका जुत्ता चप्पल उपलब्ध(फोटोफिचर)

ललितपुर । बि एफ डियरहिल सुजको २५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा वैशाख दोस्रो सातादेखि ललितपुरको यूएन पार्क छेउको ग्राउन्डमा जुत्ता मेला गरिरहेको छ । २०८२ वैशाख महिनामा २५ वर्ष पुगेको उपलक्ष्यमा विशेष अफरसहित मेला गरिरहेको बि एफ डियरहिल सूजका संस्थापक एवं बेस फुटवेर प्रालिका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले जानकारी दिएका छन् । आफ्नो ब्राण्ड र इमेजलाई कायम राख्दै फरक ठाउँमा आफ्नो पहिचान दिन यूएन पार्कको छेउमा ललितपुर १० नम्बर वडाको ग्राउन्ड अगाडि मेला गरिएको उपाध्ययले बताए ।

१५ देखि ५० प्रतिशत छुटमा यूएन पार्क ग्राउण्डमा जुत्ता किन्न पाइने

मेलामा १५ देखि ५० प्रतिशतसम्म छुट रहेको छ । संस्थापक उपाध्याय भन्छन्, ‘बिहान यहाँ हजारौं मानिसहरूले मर्निङ वाक गर्ने र यो व्यस्त सडक भएकाले यी सबै विषयलाई लक्षित गरेर कम्पनीको २५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा मेला गरिएको हो । हामी २५ वर्ष पुरानो कम्पनी हौं । हामी विभिन्न भेराइटीका जुत्ता बनाउँछौं । लेडिज, जेन्ट्स, फुटबल, पार्टी सुज सबै बनाउँछौँ । यहाँ क्लियरेन्स अफर पनि दिइरहेका छौं । निरन्तरता दिन नसकिने डिजाइनहरुलाई यहाँ क्लियरेन्स अफर दिइएको छ । यसमा काेही काेहीमा ७०% सम्म छुटको व्यवस्था रहेको छ । कतिपय नयाँ प्रोडक्टमा ब्राण्ड चिनाउनको लागि उपभोक्तालाई ५०% सम्म छुट दिएर सेवा दिइएको छ । आफ्ना उत्पादनहरुलाई सस्तो मूल्यमा उपलब्ध गराएर उपभोक्तालाई आफ्नो वस्तुको पहिचान गराउने उद्देश्यका साथ मेला गरिएको हो ।’

मेलामा आएका उपभोक्ताको प्रतिक्रियालाई खुसी साट्दै उपाध्यायले भने, ‘कतिपय उपभोक्ताले हामीले स्कुल जाँदा लगाएको जुत्ता हो, चार पाँच वर्षसम्म पनि लगाइयो भन्छन् । त्यस्ता फ्यानहरुलाई पनि यहाँ भिजिट गर्ने अवसर उपलब्ध गराइएको छ । उहाँहरुको यस्ता प्रतिक्रियाले खुसी मिलेको छ । उपभोक्ताको बाक्लो उपस्थितिले हौसला बढेको छ ।’

मेलामा ३००० मूल्य पर्ने जुत्ता १५०० रुपैयाँसम्ममा बिक्री गरिरहेको कम्पनीले जनाएको छ । मेलाबारे उपाध्याय भन्छन्, ‘ जुत्ता मेला लागिरहँदा त्यहाँ गुणस्तरीय जुत्ता हुँदैन भन्ने पनि आरोप लाग्ने पनि गर्दछ । तर हामी आफैं उत्पादक भएको हिसाबले त्यस्तो अवस्था यहाँ छैन । हामी स्टक कलेक्टर होइनौं । त्यसकारण पुरानो सामग्री रहने अवस्था छैन । मुख्यतः अर्डर नबिक्ने गरी सामान नै बनाइन्न ।

मेलामा ५०० डिजाइनका जुत्ता पाउन सकिने र भेराइटी प्रशस्त रहेको कम्पनीको भनाइ छ । लेडिज, जेन्ट्स, बच्चाबच्चीका जुत्ताहरु खेलकुदकासहित सबै किसिमका जुत्ता, चप्पल, लेदर बेल्टसम्म मेलामा पाइन्छ । मेला बिहान ६ बजे देखि बेलुकी ८ बजेसम्म खुल्ने गर्दछ । मेला जेठ १९ गतेसम्म लाग्ने उपाध्यायले जानकारी दिएका छन् ।

नेपालको वर्तमान जुत्ता बजार

नेपाल छालाजुत्ता तथा वस्तु उत्पादक संघका पूर्व अध्यक्ष समेत रहेका उपाध्यायले अस्वस्थ प्रतिष्पर्धा अहिलेको जुत्ता बजारमा चुनौति रहेको बताएका छन् । सरकारले एमआरपी तोक्ने विषयले भने बजारलाई सुधार गर्ने आशा उपाध्यायको छ । उनी भन्छन्, ‘अहिले जुत्ता उद्योगहरू प्रशस्त मात्रामा खुलेका छन् । उत्पादन धेरै छ । उत्पादन अनुसार खपत गराउन सकिएको छैन । त्यसकारण व्यवसायीले आफ्नो क्षमताअनुरुप उत्पादन गर्न सकिरहेका छैनन् । प्रतिस्पर्धा बढेको छ । परल मूल्यमै उत्पादित वस्तुहरू बेच्नुपर्ने प्रतिस्पर्धा छ । आफ्ना ब्रान्डमा उत्पादन नगरिकन विभिन्न नाममा जुत्ता उत्पादन गरेर मार्केटिङ गर्ने र त्यसमा पनि अस्वस्थ प्रतिस्पर्धा गर्ने गलत परम्परा बजारमा जन्मिएको छ । यसलाई निरुत्साहित गर्नुपर्छ । भर्खरै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जुत्तामा एमआरपी तोक्नुपर्दछ भनेको छ । त्यसले यो बजारलाई सुधार गर्छ जस्तो लाग्दछ । जसले आफ्नो जुत्ता बनाउँछ र अधिकत्तम खुद्रा बिक्री मूल्य राखेर बजारमा पठाउँछ । उनीहरूका लागि सुवर्ण अवसर हुने ठानिएको छ ।’

२५ वर्षको संघर्ष

होमनाथ उपाध्याय बेस फुटवेर प्रालिका प्रबन्ध निर्देशक हुन् । बेस फुटवेयर प्रलिभित्र बिएफ डियर हिल र बिएफ स्पोट्र्स ब्रान्डका जुत्ताहरु उत्पादन र बजारीकरण हुने गर्दछ । सुरुमा उपाध्यायले भारतबाट गड्तन ब्रदर्सको जुत्ता आयात गरेर बेच्ने गर्दथे । पछि त्यही कम्पनीसँग मिलेर नेपालमै २०५७ सालमा ललितपुरको हरिसिद्धीमा उद्योग स्थापना गरेर उपाध्याय अगाडि बढे ।

दुई वर्षसम्म भारतीय कम्पनीसँग मिलेर काम गरेपछि भारतीय कम्पनी फिर्ता भयो । त्यसपछि बि एफ डियर हिल सुज ब्राण्डमा उपाध्याय अगाडि बढिरहे । यस ब्रान्ड २०६१–६२ सालदेखि लन्चिङ गरी आफ्नै नामबाट जुत्ता बेच्न उनी लागिरहे । संघर्षशील एउटा उद्यमी उपाध्याय स्वदेशमै केही गर्नुपर्छ भनेर लागिरहेका देखिन्छन् । उपाध्यायले पच्चीसौँ वार्षिकोत्सवको अवसरमा लागिरहेको यूएन पार्कको ग्राउन्डमा उपभोक्तालाई बोलाउने अवसर पाएकोमा खुसी व्यक्त गरेका छन् । उनले त्यहाँ आएर मेला अवलोकन गरिदिन, मनपरेका जुत्ताचप्पल खरिद गरिदिन, खरिद नगरेपनि मूल्याङ्कन गरिदिन र वार्षिकोत्सवको अवसरमा दिइएको अफरको फाइदा लिन पनि अनुरोध गरेका छन् ।

Health Tips Ad Road Block