Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नियमित रोजगारीमा काम गर्ने श्रमिकको संख्या १० प्रतिशतभन्दा बढीले घट्योः जिफन्ट

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालमा नियमित रोजगारीमा रहेका श्रमिकको संख्या घट्दै गएको तथ्याँकले देखाएको छ । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले मे दिवसको सन्दर्भ पारेको गरेको पत्रकार सम्मेलनमा श्रम अडिट प्रतिवेदन २०८१ सार्वजनिक गर्दै उक्त तथ्याँक प्रस्तुत गरिएको हो । गतवर्षको तुलनामा यो वर्ष नियमित रोजगारीका श्रमिक १०.६७ प्रतिशतले घटेको जिफन्टको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन प्रस्तुत गर्दै जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले भने, ‘२०८० सालमा गरिएको श्रम अडिट प्रतिवेदनमा प्रतिष्ठानको प्रत्यक्ष रोजगारीमा रहेका श्रमिकमध्ये नियमित रोजगारीमा रहेका श्रमिक संख्या ५९.७२ प्रतिशत रहेको थियो। तर यो वर्ष श्रम अडिट गरिएका प्रतिष्ठानमा ५३.३५ प्रतिशत श्रमिक नियमित रोजगारीमा कार्यरत रहेका छन् । गत वर्षको तुलनामा यो वर्ष १०.६७ प्रतिशतले नियमित रोजगारीका श्रमिक घटेको छ। यसबाट स्पष्ट हुन्छ, श्रम ऐन नियम कार्यान्वयनमा हरेक वर्ष चुनौती थपिँदै गएको छ।’

यसरी घट्नुको प्रमुख कारण आउटसोर्स कम्पनीबाट श्रमिक आपूर्ति हुने गरेकाे जिफन्टको दाबी छ । त्यसैगरी वैदेशिक रोजगारीमा आकर्षण बढ्दै जानु पनि अर्काे प्रमुख कारण हो ।

यस वर्ष श्रम कानुन कार्यान्वयनको अवस्था अध्ययन गर्न उत्पादनमूलक उद्योग एवं प्रतिष्ठान, गार्मेन्ट, जुट, टेक्सटायल, होटल, ट्रेकिङ्ग, ट्राभल्स, प्रिटिङ्ग प्रेस, सहकारी, स्वास्थ्य क्षेत्रका निजी अस्पताल, निजी विद्यालय, निर्माण तथा श्रमिक आपूर्तिकर्ता कम्पनी गरी कुल ३२७ वटा श्रम अडिट प्रतिवेदनबाट श्रम कानुन कार्यान्वयनको अवस्था अध्ययन विश्लेषण गरी जिफन्टले श्रम अडिट प्रतिवेदन तयार गरेको जनाएको छ ।

यस वर्षको मजदुर दिवस मे १ (वैशाख १८ गते) देशैभर एकैसाथ मनाउने र त्यसदिन जिफन्टले २०८२ सालभर गर्ने कार्यक्रम घोषणा गर्ने जनाएको छ ।

Health Tips Ad Road Block