Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

‘बजाज ग्रान्ड कार्निभल’ २०+भ्यालुयटर्सहरूबाट ग्यारेन्टीका साथ उच्चतम भ्यालुयसन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ‘बजाज ग्रान्ड कार्निभल’योजना ल्याएको छ । कम्पनीले वैशाख १६ गतेदेखि २१ गतेसम्म भृकुटीमण्डपम आयोजना भइरहेको ‘बजाज ग्रान्ड कार्निभल’मार्फत ग्राहकहरुले २०+ भ्यालुयटर्सहरूबाट ग्यारेन्टीका साथ उच्चतम भ्यालुयसन, अन द स्पट फाइनान्स तथा निःशुल्क असेसोरिज पाउने कम्पनीले जनाएको छ ।

साथै यसअघि मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो प्रक्रिया जस्तै घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आफ्नो आयस्रोतको सर्टिफिकेट लगायतका विभिन्न कागजात आवश्यकतालाई यो योजनाले सरल बनाउने बताइएको छ । किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टाभित्रै ऋण पास गरेर ९.९९ प्रतिशत सुलभ ब्याजदरमै सरल फाइनान्समार्फत यो सुविधा पाउन सक्ने जनाइएको छ । साथै बजाज ग्रान्ड कार्निभल वैशाख १६ गतेदेखि वैशाख २१ गतेसम्म भृकुटीमण्डपमा चल्ने छ भने ग्राहकहरुको लागि गेमजोन, टेस्ट राईड पनि रहेको कम्पनीले जनाएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको ‘बजाज ग्रान्ड कार्निभल’ नेपालको बृहत ठूलो मोटरसाइकल एक्सचेन्ज योजना भएको कम्पनीको दाबी छ । यस योजनाअन्तर्गत ग्राहकहरुले आफ्ना पुराना बाइकहरूको उच्चतम् मुल्याङ्कन प्राप्त गरेर बजाजका आकर्षक नयाँ मोडेलहरू लैजाने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ ।

Health Tips Ad Road Block